काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ९, लक्ष्मी मार्गबाट लागुऔषध चरेससहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने म्याग्दी मंगला गाउँपालिका ४ का ४४ वर्षीय नन्द रोक्का र सोही ठाउँ बस्ने म्याग्दी मालिका गाउँपालिका ४ का २४ वर्षीय तुलप्रसाद घर्तीमगर छन् ।
उनीहरूको साथबाट ६ केजी ५ सय ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध सञ्चय, ओसारपसार, बिक्री–वितरण नियन्त्रण गर्न महानगरीय अपराध महाशाखा टेकु काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।