रौतहट । रौतहट जिल्ला अन्तर्गत छुट्टाछुट्टै दुई स्थानमा २ जनाको कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ । ईन्द्रबक्स गण गौरबाट गएका तालिम प्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ वगही र माधवनारायण नगरपालिका ७ मा अलग अलग स्थानमा कोरोना संक्रमितको शव ब्यवस्थापन गरेको हो ।
कोरोना संक्रमण भई बीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० वर्षीय एक पुरुषको बगही गाँउ छेउमै सेनाको टोलीले शनिबार बेलुकी शव ब्यवस्थापन गरेको कर्णेल सामन्तध्वज खाँडले बताएका छन् ।
त्यसैगरी कारोना संक्रमित भई चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीया एकजना महिलाको उनकै गाँउ छेउमा सेनाले शव ब्यवस्थापन गरेको कर्णेल खाँडले जानकारी दिए । कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएर रौतहटमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ ।
मृतक ११ जना मध्ये १० जनाको ईन्द्रबक्स गणबाट गएको नेपाली सेनाको टोलीले शव ब्यवस्थापन गरेको र एक जनाको यसअघि चिववनमा सेनाले शव ब्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।