भौतिक र पुर्वाधार बिकासको लक्ष्य सहित अगाडि बढेका रौतहट जिल्लाको इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले बसन्त पन्चमीको अवसर पारेर इशनाथ नगरपालिका मा आजै तीन स्थानमा शिलान्यास गरेका छन । सोही नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष राम कैलास राउतले ३ दिन अगाडि निशुल्क रुपमा आफ्नो निजि ३ कठ्ठा जग्गा नगरपालिका भवन बनाउन उपलब्ध गराए पछाडि नगर प्रमुख मेहताले मंगलवार नगरपालिका भवनको शिलान्यास गरेका छन । इशनाथ नगरपालिकाको वडा नम्बर ३ मा करिब ५ करोड रुपैयाँको लागतमा बन्न लागेको सो भवनमा नगरपालिकाले नगरसभा बाट ६५ लाख रुपैयाँ बिनियोजन गरि टेन्डर गरि सकेको र थप रकमको लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा समन्वय भइ रहेकोले १ साता भित्र निर्माण काम शुरु हुने मेहताले बताए । हालको डिजाइन अनुसार ३ तल्ले उक्त भवन निर्माण पश्चात् जनशक्ति ब्यवस्थापन तथा जनताले पाउने काम कार्यवाही समेत छिटो छरितो हुने मेहताले बिश्वास लिएका छन । आफू निर्वाचित काल देखिनै नगरपालिकाको आफ्नै भवन निर्माणको लागि प्रयासरत रहेतापनी जग्गाको अभावमा भवन निर्माण प्रक्रिया अगाडि बढाउन न सकिएको भए पनि नगर प्रमुखको रुपमा ३ वर्षको कार्यकाल समाफ्त भए पछाडि नै भए पनि नगरपालिकाको आफ्नै भवन निर्माण प्रक्रिया अगाडि बढी सकेकोले आफ्नै कार्यकाल उद्द्घाटन समेत गराउने लक्ष्य रहेको मेहताले बताएका छन । त्यस्तै मंगलवार नै इशनाथ नगरपालिका अन्तर्गत वडा नम्बर ८ मन्सरीमा रहेको रईश प्रा वि को भवनको शिलान्यास मेयर मेहताले सम्पन्न गरेका भने आजै सोही नगरपालिकाको वडा न. ९ स्थित लवतना चौकमा हनुमान मन्दिरको शिलान्यास पनि मेहताले गरेका छन । शिलान्यास कार्यक्रममा सो नगरपालिकाका उप प्रमुख हुस्न आरा खातुन, विभिन्न वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत सयौंको संख्यामा भद्रभलादमीको उपस्थिति रहेको थियो ।