WHH को आर्थिक सहयोगमा आसमान नेपालद्वारा कुपोशित बालबालिकाहरुलाई राहत सामाग्री बितरण

699

रौतहत श्रावन १६ । राजपुर नगरपालिका अन्तर्गत वडा न १ देखि ९ सम्ममा राजपुर नगरपालिकाको प्राविधिक सहयोग, WHH को आर्थिक सहयोग र आसमान नेपालको आयोजनामा केही दिन पहिला बालबालिकाहरुलाई नापजोख गर्दा निस्केका कडा कुपोशित र सामान्री कुपोशित बालबालिकाहरुको घरपरिवारलाई प्रोटिन युक्त खानाको लागि राहत स्वरुप बितरण गर्नु भएका छ्न । उक्त बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री ईन्द्रदेव यादव, अनुसन्धान कार्यालयका कार्यालय प्रमुख, राजपुर न.पा. उप नगर प्रमुख जफिरा खातुन, कार्यकारी प्रमुख बैजु ठाकुर, आसमान नेपालका जिल्ला सन्योजक हरेराम ठाकुर, लगायत राजपुर न.पा.का स्वास्थ्य, शिक्षा, शाखाका शाखा प्रमुख ज्युहरुको उपस्थितिमा उक्त बितरण कार्यक्रम वडा न १ देखि शुभारम्भ भएको छ ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारिले आसमान नेपालले सुशासन र स्वास्थयको छेत्रमा स्थानीय सरकारलाई पार्दर्शी तरिकाले कार्य गर्दै सहयोग गर्दै आईरहेको कुरा बताउनु भएका छ्न ।
बितरण कार्यक्रम क्रमश: वडा १ देखि ९ सम्म गरि जम्मा ८३७ घरपरिवारलाई राहत बितरण हुने कुरा आसमान नेपालका जिल्ला सन्योजक हरे राम ठाकुरले जानकारी दिनु भएका छ्न ।