बित्तिय शिक्षा तथा ब्यवसायिक ज्ञान तालिम सम्पन्न

2293

रौतहट ।। रौतहटको सदरमुकाम गौरमा तीन दिने बित्तिय शिक्षा तथा ब्यवसायिक ज्ञान तालिम कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

ग्रामीण उद्दम तथा बिप्रेषण आयोजना (समृद्धि ) प्राविधिक तथा आर्थिक सहयोगमा देव बचत तथा ऋण सहकारी सस्था लि. गौर – ५ को आयोजनामा तीन दिने तालिम सम्पन्न भएको छ । ग्रामीण उद्द्म तथा बिप्रेषण आयोजना ( समृद्धि ) प्रदेश न २ जनकपुरका शाखा कार्यालयका अधिकृत खेमराज भट्टद्रारा तीन दिने तालिममा उपस्थिति रहेका थिए ।

सो तालिमका प्रशिक्षण सरोज श्रीवास्तवले तीन दिनसम्म सचालन गरेको थियोे । सो कार्याक्रममा बचत उद्देश्यको बारेमा विशेष जानकारी दिएका छन । आफ्नो घरमा आर्थिक कारोबारमा गरेको कसरी बचत लगानी गर्नेबारे बताए ।

कार्यक्रममा बोल्दै प्रशिक्षक श्रीवास्तवले धेरै सहकारीहरुले कर्जा लगानी गर्नुपूर्व पर्याप्त जोखिम विश्लेषण नगर्दा अहिले समस्यामा परिरहेको बताउनुभयो । उहाँले कर्जा लगानी गर्नुपूर्व पर्याप्त जोखिम विश्लेषण र ऋण अनुसन्धान आवश्यक रहेको जानकारी दिदै देव बचत तथा ऋण सहकारी संस्थाको स्तरोन्नती गर्न लागिपरेको जानकारी दिनुभयो । यसैगरी आगामी दिनमा सहकारी शिक्षा तथा तालिममा विस्तृत रुपमा अघि बढ्ने बताउनुभयो ।

सो कार्यक्रममा आफुसग रहेको आम्दानीमा कसरी बचत लगानी गर्ने तरिका बताए । देव बचत तथा ऋण सहकारी सस्था लि. का अध्यक्ष लालबिहारी साहको भनाइ अनुसार आफ्नो घरमा आर्थिक आम्दानीमा कसरी बचत गर्नेबारे कसरी जानकारी भयो । सहभागीहरुसग कसरी एक अर्कोसग सापटी मागेर काम गर्छन तर कुनै मान्छेको आफुलाई समस्या परेको बेला बचत गरेको पैसाले आफ्नो समस्या सावधान गर्ने तरीका बताए । सोही कार्यक्रममा सस्थाको कोषाध्यक्ष बोल्दै आफ्नो जरुरी खर्च मात्र गर्नेबारे जानकारी दिए । तीन दिने कार्यक्रममा राम्रो तरीकाले दिएको प्रशिक्षणबारे प्रंशसा गर्नुुभयो ।

तालिम कार्यक्रममा ३२ जनाको सहभागी रहेको थियो । ग्रामीण उद्दम तथा बिप्रेषण आयोजना (समृद्धि ) जनकपुर शाखाका अधिकृत खेमराज भट्ट , देव बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष लालबिहारी साह,कोषाध्यक्ष , कर्मचारीहरु, पत्रकार लगायत उपस्थिति रहेको थियो ।