रौतहट ११ फागुण । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले आफु विशेष अभियान नै चलाएर प्रदेशलाई स्वक्ष र सफासुघर बनाउन लागेको बताउनुभएको छ ।
प्रदेशलाई सफासुघर बनाउनको लागि नै आफु मुख्यमन्त्री स्वक्षता अभियान कार्यक्रम सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राउतले यस अभियान मार्फत प्रदेशलाई स्वक्ष तथा सफासुघर बनाएरै छाडने उदघोष गर्नुभएको छ ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटको माधोपुर बजारमा आज आयोजना गरेको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सरसफाई एवं सडक बचाउ विकास कराउ कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री राउतले प्रदेशलाई समृद्ध र विकसित बनाउन प्रत्येक व्यक्तिलाई आ आफनै घरबाट सरसफाई शुरु गर्न आग्रह गर्नुभयो ।
प्रदेशका आठै जिल्लाको प्रत्येक पालिकाहरुमा कम्तीमा २० जना युवाहरुलाई करारमा नियुक्त गरी सरसफाई कार्यमा खटाउने योजना प्रदेश सरकारको रहेको मुख्यमन्त्री राउतले प्रस्ट पार्नुभयो ।
प्रदेश सरकारले शुरु गरेको महत्वपूर्ण अभियान स्वच्छता अभियानमा लागी यस अभियानलाई सफल पार्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री राउत प्रदेश २ भित्र रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरुलाई सौन्दर्यीकरण गर्ने तर्फ पनि प्रदेश सरकार लागेको बताउनुभयो ।
आउँदो चैत्रदेखी प्रदेश २ सरकार शुरु गर्न लागेको कर्मचारी भर्नामा देशमै पहिलो पटक ५० प्रतिशत महिलाको आरक्षण गरेको समेत उहाँले बताउनुभयो ।
मुख्य मन्त्री राउत हातमा झाडु लिएर माधोपुर बजार सहित वरपर रहेका सार्वजनिक सडकहरुमा सरसफाई गरी यस सरसफाई अभियानलाई निरन्तर्ता दिन सबैलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले प्रदेश सरकारले शुरु गरेको मुख्यमन्त्री स्वच्छता अभियानलाई प्रशंसा गर्नुभएको छ ।
यस अभियानले सरसफाईको क्षेत्रमा ठुलो टेवा पुरयाउने र प्रदेशलाई समृद्ध तथा विकसित बनाउन पनि मद्दत गर्ने राज्य मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।
एक अर्को प्रसंगमा बोल्दै मन्त्री यादवले किसान आन्दोलनको माधोपुर उदगम स्थल रहेकोले माधोपुर गाउँको मात्रै समग्र विकासको लागि यस वर्ष प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको बताउनुभयो ।
यसैविच कृषि राज्य मन्त्री योगेन्द्र यादवको विशेष पहलमा मुख्यमन्त्री राउतले आजै जिल्लाको पूर्वि भेग स्थित रहेको बागमति नदिको धर्मपुर घाटको पुललाई अवलोकन निरीक्षण गर्नुभएको छ ।
बागमति नदिको धर्मपुर घाटमा गत वर्ष नदिको पच्छिमपटी रहेको तटबन्धसँग टासिएर उक्त पुल निर्माण भएपछि नदिको मुलधार नै पच्छिम भएर बग्ने देखिएको छ ।
नदिको मुलधार नै पच्छिम तर्फ भएको हुनाले नदिमा बाढी आउँदा उक्त तटबन्ध नै बाढीले बगाउन सक्ने र त्यस क्षेत्रमा ठुलो जनधनको क्षति हुन सक्ने खतरा रहेकोले उक्त पुललाई निरीक्षण गर्दै मुख्यमन्त्री राउतले उक्त पुलको पच्छिमपटी रहेको तटबन्धलाई मजबुत बनाउनको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
उक्त पुलको तटबन्धलाई यस वर्ष मर्मत सम्भार नगरे नदिमा आउँने बाढीले तटबन्ध भत्केर सिंगारमन धर्मपुर, माधोपुर, खरकी रजवाडा, गढो सहितका दर्जनौ गाउँमा पानी पसेर ठुलो जनधनको क्षति हुने निश्चित रहेकोले यस समस्यालाई समाधान गराउन मुख्यमन्त्री राउतबाट निरीक्षण गराएको रौतहटका प्रदेश सांसद समेत रहनुभएका कृषि राज्य मन्त्री यादवले बताउनुभयो ।
कार्यक्रममा सहभागी रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मुख्य मन्त्री स्वच्छता अभियानलाई प्रशंसा गर्नुभएको छ ।
यस्तो अभियानले सभ्य समाजको निर्माण हुने र फोहोर व्यवस्थापन भएपछि गाउँ, नगर टोल स्वक्ष भई फोहोरको कारण लाग्ने रोग न्यसनिकरण हुने सिडियो घिमिरे विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृषि राज्यमन्त्री यादवले मुख्य मन्त्री स्वच्छता अभियानको दुई सयभन्दा टोपी र भेस्ट वितरण गर्नुभएको थियो ।
पुलको निरीक्षणपछि मुख्यमन्त्री राउत सहितको टोली माधवनारायण नगरपालिका वडा नं ९ गढोमा एक सामुदायिक भवनको पनि शिलान्यास गर्नुभएको छ ।