भिजिट मधेसको आयोजनामा मधेस भरी सर सफाई तथा वृक्ष रोपण कार्यक्रम।

1822

रौतहट :-
बिश्व पर्यटन दिवस २०२०को अवसरमा भिजिट मधेस नेपालले तराई मधेसको विभिन्न जिल्लाहरुमा विभिन्न कार्यक्रम गरि मनाएको छ। बैस्विक महामारी कोरोनाका कारण थला परेका पर्यटन क्षेत्रको पुनर्जीवन र उत्थानमा टेवा पुर्याउने उदेस्यले मधेस भरि कार्यक्रम गरिएको अभियानका रास्ट्रीय संयोजक ओमप्रकाश सरार्फले बताए। भिजिट मधेस केन्द्रिय समिति द्वारा वीरगन्जका मेयर बिजय कुमार सरावगिको प्रमुख आतिथ्यमा पर्यटकिय स्थल भिस्वा डाडामा ” पर्यटन क्षेत्रको पुनरुद्दार बिषयक अन्तक्रिर्या तथा पर्सा जिल्ला समितिले जिल्ला संयोजक किसन कुमारको नेतित्वमा भुटन देविमाई मन्दीरमा सरसफाइ र बृक्षारोपन कार्यक्रम सम्पन्नता गरेको छ। वीरगन्जमा भएको कार्यक्रमहरुमा वीरगन्ज महानगरपालिका र वीरगन्ज भिस्वा युवा क्लब को सहकार्य रहेको थियो।
त्यसैगरी प्रदेश -2 समिति द्वारा प्रदेश -2 संयोजक नवीन कुमार सिहको नेतित्वमा रौतहटको राजदेवीमाई मन्दिरमा सरसफाइ तथा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ। सर्लाहीमा केन्द्रिय सदस्य सुनिलकुमार भन्जाको नेतित्वमा रामजानकी मन्दिर ,महोत्तरीको जलेश्वरधाममा महोत्तरी संयोजक राकेश प्रसाद चौधरीको नेतित्वमा जलेश्वर मन्दीर सरसफाइ गरिएको छ।
भिजिट मधेस धनुषा शाखा द्वारा धनुषा संयोजक ओमप्रकाश सरार्फको नेतित्व, अभियानी बैधनाथ साहको संयोजन तथा प्रदेश -2 को पर्यटन राज्य मन्त्री सुरेश कुमार मन्डलको प्रमुख आतिथ्यमा प्रसिद्ध जानकी मन्दिर र बिवाह मणडप परिसरमा बृहत सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। सप्तरी शाखा द्वारा जिल्ला संयोजक खेलानन्द दास र प्रदेश सह- संयोजक सुनिता साहको संयोजनमा प्रसिद्ध कन्कालिनी मन्दीर परिसरमा सरसफाइ तथा बृक्षारोपन गरि प्रदेश -२ भरि नै विभिन्न कार्यक्रम गरिएको छ। प्रदेश नम्बर -2 मा गरिएको कार्यक्रममा उधोग,पर्यटन ,वन तथा वातावरण मन्त्रालय,प्रदेश -२ को सहकार्य रहेको थियो।
प्रदेश न . १ को सुनसरीको धार्मिक पर्यटकीय गन्तव्य रामधुनी मा जिल्ला संयोजक सुशील राजभरको नेतित्वमा सरसफाइ तथा प्रवर्द्धन ,अवलोकन कार्यक्रम सम्पन्न भएको छ। त्यसै गरि प्रदेश नम्बर -५ मा प्रदेश संयोजक आशिष गुप्ताको नेतित्वमा नेपालगन्ज स्थित प्रसिद्ध बागेश्वरी मन्दिर परिसरमा सरसफाइ तथा बृक्षारोपन कार्यक्रम सम्पन्न गरिएको छ। सुदुर पश्चिम् प्रदेशको कंचनपुर जिल्लामा जिल्ला संयोजक लोकेश भट्टको नेतित्वमा महेन्द्रनगर स्थित सिद्द्नाथ बाबाको मन्दीर परिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो।
भिजिट मधेसले तराई मधेसको पर्यटन प्रवर्द्धनको लागी बिगत चार वर्ष देखि विभिन्न कार्यक्रम गर्दै आएको र रास्ट्रीय अन्तरास्ट्रिय स्तरमा मधेस प्रवर्द्धनको लागी डिजिटल प्लेटफर्म वेबसाइट र मोबाइल एपस पनि बनाइएको ग्लोबल संयोजक राज सरार्फले बताए।