पर्सा – नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्यम्पसका विद्यार्थी नेता जितेन्द्र मिश्रा ले कयाम्पस प्रमुख को लापरबाही को कारण ले हाजारौं विद्यार्थी को भबिष्य अन्योल मा रहेको बाताएका छन । गत भदौ २३ गते नेता मिश्राकै अगुवाइमा इकाइ सभापती अजय करनको नेतृत्वमा विद्यार्थीहरुको विभिन्न माग राखी कयाम्पसमा ताला लगाईएको थियो ।
शिक्षा क्षेत्रको जायज माग राखेर पटक-पटक कयाम्पस प्रशासनको ध्यनाकर्षण गराउँदापनी कुनै सुनुवाइ नभएपछी क्याम्पसमा ताला लाउन बाध्य भएको नेता मिश्राले जानकारी दिए । यती गम्भिर बिषयमा पनी वेवास्ता गर्दै क्यम्पस प्रशासनले ताला खोल्न को लागि कुनै पहल नगरेको भन्दै नेता मिश्राले आक्रोस पोखेका छन् ।साथै यथासिघ्र वार्ताको माध्यमले समस्या सामाधान गरि वातावरण अनुकुल बनाउनपनी नेता मिश्राले क्याम्पस प्रमुख सँग आग्रह गरेका छन् ।
नेविसंघ क्याम्पस प्रमुखको दलाली हैन विद्यार्थी को हक हितको लडाइँको लागि निर्मित विद्यार्थी संगठन हो भन्दै नेता मिश्राले भने समस्या समाधान गर्न नसक्ने हो भने क्याम्पस प्रमुखले तुरुन्त राजिनामा गरून् । क्याम्पस प्रशासन आफ्नो कम्जोरी छोप्न विद्यार्थी संघमा विवाद गराउन लागिपरेको कुरा समस्या समाधानका लागि कुनै पहल नगर्नुले पुष्टी गरेको नेता मिश्राको भनाइ छ ।