पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठनसँग वार्ता सुरु भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मूल्यवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनसँग वार्ता सुरु भएको अनेरास्ववियू केन्द्रीय कमिटीका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिएका छन् । वार्तामा विद्यार्थी संगठनका अध्यक्ष, नेपाल आयल निगमका महानिर्देशक र प्रवक्ता लगायतको टोली सहभागी छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्दै आएका छन् । राजधानीको प्रदर्शनी मार्गमा विद्यार्थीहरु ५ विद्यार्थी संगठनले आइतबार ग्यास सिलिन्डरसहित प्रदर्शन गरेका थिए । मूल्य वृद्धि फिर्ताको माग गर्दै विद्यार्थीहरुले कात्तिक २५ देखि मंसिर ५ सम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्