देवाहीका मेयर धर्मेन्द्र पटेल २ लाख ५० हजारको चेक सहित रङ्गेहात पक्राउ

1180

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेललाई २ लाख नगद र २ लाख ५० हजारको चेक सहित अख्तीयारको टोलिले पक्राउ गरेको हो ।

सोही नगरपालिकाका वडा अध्यक्षसँग घुस रकम मागेको आरोपमा अख्तीयारले उनलाई रङ्गेहात पक्राउ गरेको हो । वडा नं. १ का अध्यक्ष शेख नुरुल्लाहलाई घुस वापतको रकमको लागी दवाब दिएको भन्दै अख्तीयारमा गुनासो आए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलिले मेयर पटेललाई घुस बापतको रकम लिदै गरेको अवश्थामा पक्राउ गरेको हो ।

मेयरलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए ।मेयर पटेल स हित योजना, लेखापाल र मेयरका पिएसहित चार जना पक्राउ परे पनि उनीहरुको बारेमा थप विवरण आउन बाँकी रहेको छ । पटेल पक्राउ परेको खबरसँगै स्थानियहरुले झुठो आरोपमा मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिकाको कार्यालय घेराउ गरेका छन ।