रौतहट १७ ,असार । रौतहटको राजदेवी नगरपालिकाका उपप्रमुखले नगर प्रमुखको कार्यक्षमा लगाइएको ताला फुटाएर कार्यकक्षमा प्रवेश गरेको पाइएको छ। नगर प्रमुख धिरेन्द्र कुमार सिंह काम बिशेषले बाहिर गएको बेलामा उपप्रमुख अंशु सिंहले आफ्नो नेतृत्वमा वडा अध्यक्षलाई समेत लिएर नगर प्रमुख बस्ने कार्यकक्षमा लगाइएको ताला बलपूर्वक फुटाएर कार्य कक्षमा प्रवेश गरेको उंहाले एक प्रेस बिज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। उँहा नभएको बेलामा बलपूर्वक ताला फुटाएर कार्यक्षमा प्रवेश गर्नु गैर कानुनि भएकोले कारबाहीको माग बिज्ञप्ति मार्फत गर्नुभएको छ। न्यायिक समितिको संयोजक समेत हुनुभएको उपप्रमुखले आफ्ना गफमेल समर्थक राजदेवी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष पुलिन्द्र दासको सहयोगमा ताला तोडी निन्दनीय गैरकानुनी अधिकार क्षेत्र भन्दा बाहिर गएर काम गरेकोले त्यस्ता नगर उपप्रमुख ,वडा अध्यक्ष समेतलाई कारबाही गर्न प्रेस बिज्ञप्ति मार्फत माग गर्नुभएको छ। उँहा न भएको बेलामा उँहालाई खबर नै न गरि ताला फुटाएर कार्य कक्षमा प्रवेश गरि कार्यक्षमा भएको समान ,महत्वपूर्ण कागजातहरु समेत लगेको हुनाले सो को सार्वजनिक मुचुल्का उठाई आवश्यक कारवाही गर्न नगर प्रमुख धिरेन्द्र कुमार सिंहले बिज्ञप्ति मार्फत माग गर्नुभएको छ।
Home प्रदेश समाचार प्रदेश न. २ उपप्रमुखले नगर प्रमुखको कार्यक्षमा लगाइएको ताला फुटाएरपछि नगरप्रमुखले कारबाहीको माग