अमित ठाकुर।रौतहट।भदौ २३। प्रहरी हिरासतमा मृत्यु भएको बिजय महाराको परिवारलाई न्यायको माँग गर्दै सदरमुकाममा प्रदर्शन भएको हो।रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नंबर ८ जिङ्गडवा निवासी २२ बर्षीय निरंजन रामको हत्या भएको २४ दिन बितिसक्दा पनि अनुसन्धानमा कुनै टुङ्गो न लागेको पिडित परिवारले जनाएको हो। ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले घट्ना भएको भोलि पल्टनै हत्यामा संलग्न भएको भनी ११ जनालाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ पछि अनुसन्धानका क्रममा ४ जनालाई निर्दोष रहेको भन्दै प्रहरीले छाडेका थिए। प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले भदौ १ गते सम्मानित जिल्ला अदालतमा म्याद थप गराई सातै जना बिरुद्ध ज्यान कसुर सम्बन्धि मुद्दा चलाएको थियो। तर मुद्दा दर्ता भए संगै प्रहरीले यातना दिँदा र थर्ड डिग्री सम्मको कुटाइले पक्राउ परेका सात जना मध्य एक जना बिजय महारा उपचारका क्रममा बिरगंजमा मृत्यु भएको थियो। गत १० गते उपचारका क्रममा मृत्यु भएको १३ अौं दिन बित्दा पनि पिडित परिवारले न्याय पाएका छैन्। महाराको मृत्यु पछि शवलाई पोस्टमार्टमका लागि बिरगंजबाट काठमाडौं पठाईएको थियो। महाराको मृत्यु भएको १३ दिन बित्दा पनि मृतकका घरमा चुलो जलेका छैन्।हाम्रा समाजमा शवलाई दाहसंस्कार नगरे सम्म चुलो नबल्ने परम्परा रहदा अहिले सम्म चुलो नबलेको दलित नेता धर्मेन्द्र पासवानले जनाएको हो। महारा अाफै दुई दाजु भाइ रहेको र दाजुको मृत्यु एक बर्ष पहिलानै भएकोले महारा पुण्ह समाजिक रितिरिवाजले भाउजू संग बिहे गराएको थियो। महाराको पहिला नै बिहे भएको र पुण्ह अर्को बिहे गर्दा दुईवटा श्रीमती रहेको थियोे। महाराको एउटा श्रीमती संग एउटा २/५ बर्षको छोरी तथा अर्को श्रीमती संग ४ र ६ बर्षको छोरा छन्। बाल्यकालमै अाफ्नो बुवा गुमाउँदा अबको दिनमा हामीकहाँ जाने कसरी बाच्ने ती हत्यारा प्रहरीलाई हाम्रो छोरा जस्तै कार्वाही होस भने पिडित परिवारले माँग गरेका छन्।घट्नाको संलग्न एसपी रबिराज खड्का,डिएसपी ज्ञान कुमार महतो सहित ६ जना बिरुद्ध ज्यान सम्बन्धि मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि अान्दोलन गरेता पनि प्रहरी पक्षले दर्ता गर्न मानेनन्। प्रहरीका अनुसार निलम्बित भएका ३ जना प्रहरी बिरुद्ध मुद्दा ल्याउनुस, हामी मुद्दा दर्ता गर्ने छु। तर एसपी खड्का, डिएसपी महतो र प्रहरी नायव निरीक्षक बिरेन्द्र यादव बिरुद्ध मुद्दा ल्याउँदा मुद्दा दर्ता हुने दलित नेता पासवानले जनाएको हो। पिडित पक्षले प्रहरी कार्यालयमै प्रहरी बिरुद्ध मुद्दामा दर्ता गराउन जाँदा नगरेपछि, पिडित परिवारको सहयोगका लागि र मानवअधिकार कर्मीका ६ वटा वकिलले सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गराउन गएका थिए। तर सरकारी वकिल कार्यालयमा अाज मुद्दा दर्ता नगरी दर्ता गर्न भोलीको समय दिएको दलित नेता पासवानले जनाएको हो।