इशनाथमा नयाँ हाकिम गुप्ता हाजिर

115

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा नयाँ हाकिमको रुपमा नन्दकिशोर गुप्ता हाजिर भएका छन् ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुप्ता हाजिर भएका हुन् । उनलाई नगर प्रमुख श्रीमती कौशल्या देवी, उप नगर प्रमुख,वाडा अध्यक्ष लगायत कर्मचारीहरुले स्वागत गरेका छ्न् । टिकामाला लगाइ वहाँलाइ कार्यालयमा हाजिर गराइएको हो । इशनाथ नगरपालिकाको कार्यालय औरैयामा पुगेका हाकिम गुप्तालाइ नगर प्रमुख कौशल्या देवी सहित अन्य व्यतीहरुले पनि स्वागत गरेका छन् ।
ईशनाथ नगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत गुप्ताको तेस्रो पटकको आगमन रहेको छ । यस अघिका कार्यालय प्रमुख रबिन्द्र झाको ठाउँमा गुप्ता आएपछि स्थानिय जनतामा गाउँगाउमा सिंहदवारको अनुभती गराउने छु जनताको सेवामा कुनै कमि कमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् । यसैबिच आजै कार्यभार सम्हाल्नु भएका प्रमुख प्रशासकिय अधिकृत गुप्ताले पालिकाका कर्मचारीहरुसँग कार्यालय सञ्चालनको विषयमा छलफल समेत गर्नु भएको छ ।