पुजारीको हत्या भएको प्रहरी प्रतिवेदन प्रति पिडित परिवारको असन्तुष्टि

1085

रौतहट, २२ भदौं । रकम लेनदेनको कारण हनुमान मन्दीरको पुजारीको हत्या भएको निष्कर्ष प्रहरी अनुसन्धानबाट देखिएपछि पिडित परिवारले प्रहरीको अनुसन्धान माथि असन्तुष्टि व्यक्त गर्दै प्रश्न चिन्ह खडा गरेका छन् ।
रौतहटको माधव नारायण नगरपालिका वडा नम्वर २ खेसरहिया गाउँका ६५ बर्षिय श्रीराम साहलाई गत भदौं ३ गते राति ९ बजेको समयमा खाना खान बसेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरेका थिए । पुजारी साहको हत्या भएपछि प्रदेश नम्वर २ प्रहरी कार्यालय जनकपुरधामबाट गरिएको गहन अनुसन्धानबाट एक जना व्यापारी सँग लेनदेनमा व्याजको विषयमा विवाद हुँदा हत्या भएको खुलासा गरेको थियो ।
मृतकको ६० बर्षिय भाई लालबहादुर साह सहित उनका परिवाजनले प्रदेश प्रहरीले गरेको अनुसन्धान प्रति प्रश्न चिन्ह खडा गर्दै लेनदेनमा हत्या भएको रिपोर्ट माथि असन्तुष्टी जनाउँदै उक्त घटनाको वास्तविक छानविन गरेर तह सम्म प्रहरी पुुग्न नसकेको आरोप लगाए ।
ब्याज र लेनदेनको बहानामा हत्यारालाई बचाउने काम भइरहेको छ कि भनी पिडित भाई साहले आशंका व्यक्त गरे । “गाउँघरमा विहान वेलुकाको पुजा गर्न र भोग लगाउन मागेर खाने मानिसले ब्याजमा कसरी लगानी गर्छ पुजारीका भाई लालबहादुर साहले प्रश्न गर्छ, कसै सँग कुनै किसिमको झै झगडा नभएको अवस्थामा प्रहरी अनुसन्धानमा पटक–पटक रामनरेस पटेल सँग झगडा भएको प्रहरीको प्रतिवेदन माथि साहले रौतहट टाइम्स सग कुराकानी गर्दै आशंका गरे ”।
हत्याको आरोपमा प्रहरीले देवाही गोनाही नगरपालिका वडा १ का रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरेर मुद्दा चलाएको छ । तर पक्राउ परेका दुवै व्यक्तिलाई आफू सहित परिवारको कुनैपनि व्यक्ति संग जान पहिचान नरहेको तर लेनदेनको झोठा प्रतिवेदन तयार पारेर पुजारीको हत्या भएकोमा आपत्ति जनाउदै अविलम्ब घटनाको गहन छानविन गरेर बास्तविक दोषिलाई कारवाहीको डायरामा ल्याउन पुजारी परिवारका सदस्यहरुले माग गरे ।
पटक पटक पुजारीको भाई साहले कसैसंग दुश्मनी नभएको, लेनदेनको कुरा पनि नभएको, गाउँघरबाट मागेर ल्याएकोबाट विहान वेलुकी मन्दीरमा पुजार गरेर उनले आफनो गुजारा गर्ने व्यक्ति कसरी व्याजी रकम लगाउने उनले प्रहरी संग प्रश्न गरे ।
नेकपा प्रदेश नम्वर २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्वर ३ का संघिय साँसद प्रभु साहले हचुवाको भरमा अनुसन्धान गरेर सार्वजनिक गरेको प्रतिवेदन माथि पिडित परिवार सन्तुष्ट नरहेकोमा घटनाको जरो सम्म प्रहरी पुगेर बास्तविक दोषिलाई कानुनी घेरामा ल्याउनुपर्नेमा प्रदेश प्रहरी विफल भएकोमा चिन्ता व्यक्त गरे । यसरी कमजोर अनुसन्धानबाट दोषि पत्ता लगाउने परम्पराबाट निर्दोष मात्रै फस्ने भएको हुँदा प्रहरीले गहिरिएर अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।