रौतहट । विश्वलाई नै कोरोना भाईरसले गरिबीमा धकेलि रहेको अवस्थामा निम्न आय भएका विपन्न परिवारलाई छाक टार्नलाई समेत समस्या भईरहेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि सरकारले घोषणा गरेको लक डाउनका कारण दिन भरि काम गरेर जिवन यापन गर्ने गरिब तथा विपन्न परिवार मारमा परेको वेला मत्सरीका मनकारी राजाबाबु भनिने धर्मेन्द्र कुमार झा ले त्यस्ता परिवारहरुलाई राहत उपलब्ध गराउनु भएको छ ।
रेबची इन्टरनेशनल प्रा.लि. कलंकी काठमाण्डौका प्रबन्ध निर्देशक समेत रहेका झाले,रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका करिब ५७ विपन्न परिवारलाई प्रत्येक घर परिवार २५ किलो चामल, २ किलो दाल,५ किलो आलु,१ लिटर खानेतेल, १ किलो नुन,कपडा धुने सर्फ १ किलो र एक थान हात धुने साबुन वितरण गर्नु भएको स्थानिय विनय कुमार झाले पत्रकार चञ्चल झासंग फोनमा कुरा गर्दै बताउनु भयो ।
भनिन्छ नि “दिने मान्छे को मन ठुलो हुनु पर्छ धनले हुदैन ” हो
मत्सरी निवासी राजाबाबुले आफ्नै श्रोत र पहलमा स्थानियको उपस्थितीमा राहत वितरण गर्नु भएको हो । केहि काम धंधा न पाएर छाक टार्न धौ धौ परेको वेला राहत पाए पछि विपन्न परिवारमा खुशी देखिएको थियो । यस्तो बिपत्तिको बेला राजाबाबु जस्तै उद्धार मन र सहयोगी हातहरुको अपेक्षा समाज तथा सम्पुर्ण मुलुकले गरेको भन्दै मत्सरीका वाड अध्यक्ष डिके झाले उद्धार मनका धनी राजाबाबुको प्रशंशा गर्दै वडा तथा व्यक्तीगत तर्फबाट धन्यवाद समेत दिनु भएको थियो ।