कांग्रेसमा ओलिकरण र दक्षिणपन्थ

964

ओली ,लिंग्देल र देउवा उदयको अर्थ दुई ठुला राजनीतिक दलमा दक्षिणपन्थी बिचार हावी हुनु हो l
धर्मेन्द्र कुमार साह
रौतहट ०२ पौष २०७८
दक्षिणपन्थी बिचार देश ,दसा र परिस्थिति अनुसार फरक हुन् सक्छ l नेपालको परिप्रेक्ष्यमा दक्षिणपन्थी भनेको प्रतिगामी, जडसुत्रवादी ,एकल राष्ट्रवाद वा जातिवादको वकालत गर्नु हो l कहिले काही कम्युनिष्ट विचारधाराको उल्टो बिचारनै दक्षिणपन्थी धार हो जस्तो देखिन्छ l मूलरुपमा नेपालमा देखिएको दक्षिणपन्थी एकात्मक जातिय राष्ट्रवाद र धार्मिक उन्माद हो l दक्षिणपन्थी बिचारधारा अप्रत्याशित रुपमा मजबुत हुदै गएको पृष्ठभूमिमा नेपालका दुई ठुलो गरि तिन महत्वपूर्ण दलहरुको महाधिवेशन पुरा भएको छ l महाधिवेशन सम्पन्न गरेका दलहरु मध्ये राप्रपा नेपाल घोषित रुपमै दक्षिणपन्थी धारको नेतृत्व गर्दै आएको हो l हिन्दु धर्म सहितको राजतन्त्र र एकल जातिय पहिचान झल्किने गरि बनाइएको राष्ट्रवादको मुद्धा राप्रपा जनको घोषित मुद्धानै हो l यस अर्थमा राप्रपा नेतृत्वमा भएको अप्रत्याशित परिवर्तनले सो दलको राजनीतिक मार्ग चित्रमा तात्विक भिन्नता आउने सम्भावना भन्ने कमै छ l यद्दपि पनि कमल थापाहरुको राजनीतिक यात्रामा भन्ने अल्पकालीन बिराम भन्ने लाग्ने देखिएको छ l
सत्तारुढ दल नेपालि कांग्रेसको सम्पन्न महाधिवेशनमा अपेक्षा गरे जस्तै देउवाको उदय भएको छ l बैचारिक रुपमा हेर्दा देउवा र नेपालि काँग्रेस लोकतान्त्रिक पार्टिनै हो l तर ब्यबहारमा हेर्दा नेपालि कांग्रेस भित्र दक्षिणपन्थी बिचारनै हावी भएको देखिन्छ l खास गरि देशका उत्पिडित र अपहेलित जाति वा भूगोललाई अधिकार समपन्न बनाउने बिषयमा नेपालि कांग्रेस दक्षिणपन्थी धारमै रहेको प्रष्ट हुन्छ l खास गरि प्रधानमन्त्रि शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को ब्यबहार धेरै बिषयमा मिल्दोजुल्दो छ l सत्ताको अंक गणितिय खेलमा देउवाले ओलीलाई विस्थापित गरे पनि मुलुकको राजनीतिक प्रक्रियामा कांग्रेसका नवनिर्वाचित सभापति देउवा र एमाले अध्यक्ष ओलीको राजनीतिक धार एउटै हो । खास गरि परिवर्तनकारी एजेन्डामा मुलुकलाई अगाडि बढाउने भन्दा यथास्थितिमै राखिराख्न दुई नेताबीच कुरा मिल्छ । मधेश थरुहट आन्दोलनले उठान गरेको र संबिधानले समेत लिपिबद्ध गरिसकेका कयौ परिवर्तनका मुद्धाहरु पनि यथास्थितिमै राख्न दुवै नेता सहमत भएको दखिन्छ l यस अर्थमा देउवाको उदय भनेको काँग्रेस भित्रको ओलीकरण नै हो l कांग्रेस अधिवेशनलाई दुई ढंगले बुझौ l पहिलो चरणको निर्वाचन हुदा अधिकांश वामपन्थी विचारका कांग्रेसीहरु देउवाको बिरुद्ध देखियो l यद्धपि ति समुह बीच सैद्धानितिक रुपमा कुरा मिले पनि नेतृत्वमा सहमति जुट्न नसक्दा संगै चुनाव लडन सकेनन l देउवाको बिकल्प खोज्न भन्दै आइरहेका ति पात्रहरु भन्ने एकाएक देउवाको पोल्टोमा पुग्नु पछाडिको कारण हेर्दा त्यो सैद्धान्तिक नभएर सेफ लैण्डिङ्ग वा भाग्बाण्डाको राजनितिनै थियो l अब कांग्रेसमा दक्षिणपन्थी धारको कुरा गर्दा दस्तावेजमा नलेखिए पनि कयौ कांग्रेसी नेताहरु भन्ने हिन्दु धर्मको कुरा गर्न थालेका छन् l अर्थात अग्रगमनको बाटोलाई ब्लोक गरि यथास्थितिमै रमाउने वा अनुकुल अवस्थामा अझै प्रतिगामी कदम उठाई धर्मको राजनीति गर्ने l
नेपालमा दक्षिणपन्थी धारको नायकको रुपमा केपी ओलीको उदय बडो शक्तिशाली रुपमा भैसकेको छ l कुनै बेला गणतन्त्र आउनु भनेको ‘बयलगाडामा अमेरिका पुग्नु ’जस्तै हो भन्ने ओलीले केवल प्रतिगमनको मात्रै प्रतिरक्षा गरिरहेका छैनन अपितु उनले दक्षिणपन्थी र अधिनायकवादी विचारको समेत वकालत गरेका छन् । अर्थात २०६२ – ६३ को जान आन्दोलन तथा तत् पश्चात भएका मधेश थरुहट बिद्रोह र पहिचानका अन्य आन्दोलनका उपलब्धिप्रति प्रतिबद्धता नभएका ओली र उनी ओलीका सहगोत्री देउवाको शक्तिशाली उदयले प्रतिगामी र पुनरुत्थानवादीहरू उत्साहित भएका छन् । अझै चिन्ताजनक अवस्था त् के पनि छ भन्ने बढ्दै गएको दक्षिणपन्थी र पुरातनपन्थी रुझान l अधिकांश मुलधार भएका दलहरुमा दक्षिणपन्थी बिचारहावी हुदै गएका हुन् l वामपन्थी र दक्षिणपन्थी शब्द अंग्रेजीको ‘राइटिस्ट’ र ‘लेफ्टिस्ट’ को नेपालीकरण हो। अग्रगामी र यथास्थितिवादी राजनीतिक मूल्यमान्यता अँगालेको आधारमा यसलाई अर्थ्याइन्छ। जो ब्यबस्थालाई परिवर्तन गर्दै अगाडी अगाडी जानु पर्ने कुरा गर्छन तिनीहरु वामपन्थी हुन् l यस अर्थमा नेपालका सबै दलहरु एक समय वामपन्थी नै रहेको देखिन्छ l कांग्रेस,नेकपा एमाले तथा माओवादी र मधेश केन्द्रित दलहरु सबैले आफ्नो काल खण्डमा परिवर्तनका नेतृत्व गरेका हुन् l तर अहिले देशमा देखा परेको दक्षिणपन्थी धार खासमा जान आन्दोलन र मधेश थरुहट बिद्रोह पश्चात भएका उपलब्धिहरुलाई खारेज गर्दै यथास्थितिमै रमाउने चाहेकाहरु हुन् l राप्रपा नेपालको अधिवेशनमा शुभ कामना मन्तब्य दिदै माओवादी नेता प्रचण्डले समेत आफुलाई सोहि कितामा उभ्याइसकेका छन् l नेकपा एमाले भित्रका केपी ओलिहरु,कांग्रेस भित्रका देउवाहरु तथा माओवादी भित्रका प्रचण्डहरु बैचारिक रुपमा समाजवाद र वामपन्थी बिचार बोकेको देखिएपनि धरातलमा भन्ने तिनीहरु दक्षिणपन्थकै वरिपरि घुमी रहेको देखिन्छ l एकल तथा स्वजातिय धर्म, संस्कृति तथा परम्परा ,भेषभुषालाईनै राष्ट्रियकरण गर्न खोज्ने, शासन व्यवस्थामा एक्लै अधिपत्य खोजि राख्ने र यथास्थितिमै रमाई राख्ने ब्यबहाराहरुले गर्दा तिनीहरु दक्षिणपन्थी बन्न पुगेका हुन् l
कुनै बेला उग्रवामपन्थी देखिएका ओली अहिले घोर दक्षिणपन्थी बनिसकेको प्रष्ट देखिन्छ l देउवा संग उनको मित्रताले देउवालाई समेत सोहि कित्तामा उभ्याइदिएको छ l उनिहरु संघिय व्यवस्थाका असफलताका खलनायक पनि हुन् l यो भनेको कांग्रेसको ओली करण हो l