हिरासतमा कुटपिट गरी ज्यान लिने प्रहरीलाई कार्वाही गर्न जसपा केन्द्रिय नेता दासको माग

1113

रौतहट १२ भदौ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य हृदय नारायण दासले प्रहरी हिरास्तमा बसबिटि जिंगडियाका विजय राम चमारको मृत्यु भएको खबरले आफुलाई स्तब्ध बनाएको बताएका छन ।

नेता दासले गरुडा नगरपालिका ८ बसबिटि जिंगडियाका निरन्जनको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धानको लागि हिरास्तमा लिएका युवक विजय रामको गएराति भएको दुखद निधनले आफुलाई दुखी बनाएको जनाएको छ ।

हिरास्तमा रहेका चमारको नेशनल मेडिकल कलेज विरगंजमा गएराति १ बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

गएको साउन ३२ गते गरुडा नगरपालिकाको जिंगडिया स्थित शिवानी आयल स्टोर्स नजिक अज्ञात समुहले सर्च नरसरी फलफुल गरुडामा कार्यरत जिंगडिाका निरन्जन रामको घाटी रेटेर विभत्स हत्या गरेको थियो ।

हत्याको आरोपमा घटनाको भोलीपल्ट गरुडा प्रहरीले मृत्क विजय राम चमार सहित ७ जनालाई पक्राउ गरेको थियो ।

प्रहरी हिरास्तमा रहेका चमारको प्रहरीको निर्घात कुटपिटबाट मृत्यु भएको नेता दासले जानकारी गराएका हुन ।

हिरास्तमा रहेका बेला प्रहरीले ज्यान लिने गरी निर्घात कुटपिट गरेको र चरम यातना दिएको कारण चमारको मृत्यु भएको छ ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य दासले हिरास्तमा निर्घात कुटपिट गरी विजय रामको ज्यान लिने प्रहरीलाई कार्यवाही स्वरुप निलम्बन गर्न माग गरेका छन ।

हत्या गरिएका निरन्जन राम र प्रहरीको कुटाईबाट मृत्यु भएका विजय राम चमारको परिवारलाई राहत सहितको उचित क्षतिपुर्तिको व्यवस्थ ागर्न तथा विजय रामलाई शहिद घोष्णा गर्न नेता दासले माग गरेको जनाइएको छ ।