चौतफी पुजारी हत्याको निन्दा, अविलम्ब अभियुक्तलाई कानुनी दायरामा ल्यानुपर्ने माग

1113

रौतहट ६ भदौं । रौतहटको माधवनारायण नगरपालिकामा हनुमान नन्दीरको पुजारीलाई ३ गते रातिको समयमा कन्चटमा गोली हानेर हत्या गर्ने अपराधीलाई अहिले सम्म पक्राउ नगरेकोमा विश्व हिन्दु परिषद रौतहटले विरोध जनाएको छ ।
जिल्लाको माधवनारायण नगरपालिका २ खेसरहीया बजार स्थित हनुमान मन्दिरका ६५ बर्षिय पुजारी श्रीराम साह खाना खाईरहेको अवस्थामा गत बुधवार राति ९ बजेको समयमा देव्रे कन्चटमा गोली हानेर हत्यामा संलग्न अभयुक्तलाई स्थानीय प्रहरीले घटना भएको तिन दिन वितिसक्दा पनि नसमातेकोमा प्रहरीको कार्यशैली माथि प्रश्न चिन्ह खडा गरी विराध जनाएको हो ।
विश्व हिन्दु परिषदका अध्यक्ष आलोक पाण्डेको नेतृत्वमा परिषदका अन्य सदस्यहरु शनिवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवलाई ज्ञापन पत्र बुझाउदै पुजारी हत्याको कडा शब्दमा निन्दा गर्दै हत्यामा संलग्न अभयुक्तहरुलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन सार्वजनिक गरी कारबाहीको माग राखे ।
प्रजिअ यादव मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउर्दै विश्व हिन्दु परिषदका अध्यक्ष पाण्डेले मृतक सन्तलाई शहिद घोषणा गर्नुपर्ने माग अघि सारेका छन् । मन्दीरमा नियमित पुजार सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकै बाट कन्चटमा गोली हानेर हत्या गरेका थिए । मुलुकमा दिन प्रति दिन हिन्दु आस्था माथि खेलवाड़को घटना बढ्दै गएको अध्यक्ष पान्डेले बताए । कहिले मठ, मन्दिर माथि आक्रमण, कहिले पूजापाठ हुने ठाउँमा गैर हिन्दुहरुको अनावश्यक चलखेल, सरकारी एवं गैर सरकारी निकायको मिलिमतोमा धर्म परिवर्तन र राजनीतिक दलका नेताहरुको हिन्दु बिरोधी अभिब्यक्तिबाट सनातन हिन्दु धर्म माथि बारम्बार प्रहार हुनु आफैमा चिन्ताको विषय रहेको उनले बताए ।
यसैविच शनीबार एक बिज्ञप्ति प्रकाशित गर्दै बिश्व हिन्दु महासंघ रौतहटका अध्यक्ष शालीग्राम शर्माले हिन्दुहरुको आस्थाको धरोहरको रुपमा रहेको मंन्दिरमा पुजारीको हत्या हुनु दुखद रहेको भन्दै घटनामा संलग्न अपराधीहरुलाई चाडै पक्राउ गर्न माग गरेको छ ।
गत बुधबार राती माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको अज्ञात समुहले कन्चटमा गोली हानी हत्या गरेर फरार भएपछि यस्को चौतर्फी बिरोध भईरहेको छ । मन्दिर परिसरमा बसेर खाना खाइरहेको अवस्थामा अज्ञात ब्यक्तिले पुजारी साहको गोली हानी हत्या गर्नु तर हाल सम्म अपराधी प्रहरीको पहुँच भन्दा बाहिर रहनु निकै चिन्ताको विषय रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जिल्लामा निषेधाज्ञा रहेको समयमा पुजारीको हत्या हुनुले समग्र शान्ति सुरक्षाको अबस्था नाजुक रहेको दर्शाउछ भन्दै बिश्व हिन्दु महासंघ रौतहटका अध्यक्ष शर्माले आगामी दिनमा आम नागरिकको जीउधनको सुरक्षाको प्रत्याभुती दिलाउन सरकार संग माग गरे ।
यस्तै बिश्व हिन्दु युबा संघका अध्यक्ष ऋषिकेश जंग शाहले पुजारी हत्याको घटनाबारे एक विज्ञप्ति जारी गर्दै हत्या गरिएका पुजारीलाई ‘धार्मिक सहिद’ घोषणा गर्न माग गरे । यस्तो घटनाको जति निन्दा गरे पनि त्यो कम हुने बताउनु हुदै उहाले जुन समाजले साधु सन्तको रक्षा गर्दैन त्यो समाज पतन भएर जाने प्रेस बिज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।मध्य तराई डेष्क