सर्लाहीमा आगलागी हुँदा १२ लाख बराबरको क्षति

1402

सर्लाही : जिल्लाको विष्णु गाउँपालिकामा गए राति आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । गए राति करिब ११ बजे तिर विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको हो ।

विष्णु गाउँपालिका वडा नम्बर २ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर रु १२ लाख बराबरको क्षति भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको उहाँले भन्नुभयो ।