रौतहट २९ साउन ।। आज (बिहीबार) बाट देशभर अनिश्चितकाल (अर्काे व्यवस्था नभएसम्म) का लागि ‘सवारी पास’ बन्द गरिएको छ।
कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट ‘सवारी पास’ वितरण बन्द गर्न निर्देशन दिएको हो।
मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएकाे ‘सवारी पास’ आज (बिहीबार) बाट नदिन भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएकाे हाे।
अर्काे व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ।
यो निर्णयसँगै अब एक जिल्लाबाट अर्काे जिल्लामा गाडीमार्फत जान पाइने छैन। भने अर्को तिर
रौतहट जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य हृदय नारायण दासले दोस्रो चरणको लकडाउन पालना गर्न आग्रह गर्दै एक घर एक PCR Test हुनुपर्ने, PCR test को दायरा बढाउनु पर्ने र त्यसको लागि PCR Machine जडान गर्न सम्बन्धित निकाय सँग जोडदार माग राखेका छन् । समुदाय स्तरमा कोरोना को महामारी फैलिरहेको बेला सरकारले यसको नियन्त्रण गर्ने उदेश्य ले दोस्रो चरण को लकडाउन कडाइका साथ लागू गर्नु आफै मा राम्रो निर्णय भएको ले यसको पालना गर्नु सबैको कर्तव्य हो ।
आज रौतहट नेपाल कै सर्बाधिक संक्रमित हुने जिल्ला भए ता पनि सरकारको गैरजिम्मेवारिपन ब्यवहार को कारण अहिलेसम्म रौतहटमा PCR Machine आउन नसक्नु दुखद कुरा भएको छ। रौतहटमा संक्रमण बढी रहेको ले एकघर एक PCR को योजना आउन जरुरी देखिन्छ । तसर्थ सोही योजना अनुरुप तत्काल रौतहटमा दक्ष प्रविधिक जनशक्ति सहित PCR Machine जडान गराउन संबंधित निकाय सँग जोडदार माग राख्दै संक्रमित हरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने सचेत र सुरक्षित रहन सम्पुर्ण न्यायप्रेमी जनसमुदाय सग आग्रह गरेका युवा चर्चित नेता केन्द्रिय दासले बताएका छन्।