वीरगन्ज बचाउन युवाहरुले समाजिक संजालमा दबाब अभियान थाले (फोटो फिचर सहित )

862

बिरगंज ,२८ साउन

कोरोना महामारीबाट वीरगन्जलाई बचाउन माग गर्दै युवाहरुले बुधबारदेखि अभियान थालेका छन ।

वीरगन्जका युवाहरूले कोरोना महामारीबाट वीरगन्जलाई बचाउनका लागि माग गर्दै समाजिक सन्जालमा पम्प्लेट सार्वजनिक गरेर अभियान थालेका हुन ।

समाजिक संजालमा सक्रिय युवाहरुले आफ्नो घरमै बसेर सरकारको विरुद्ध गर्दै वीरगन्ज बचाउनमा अभियान थालेको बताएका छन ।

गएको एक सातादेखि वीरगन्जमा उपचार नपाएर अनाहकमा ज्यान गुमाइरहेका आम जनताको जीव ज्यानको सुरक्षाका लागि दबाब अभियान थालिएको उनीहरुले भनाइ छ ।

युवाहरुले समाजिक संजालमा कोरोनागन्ज के मुख्यमन्त्री कहाँ छि अहा , वीरगन्जबासी माफ गर्नुहोला , तपाईले सम्पर्क गर्नु भएको तिनै तहका सरकार भ्रष्टाचार र दलालीमा ब्यस्त छ,
हाम्रो कोरोना कस्तो मुख्यमन्त्री लालबाबु र स्वास्थ्यमन्त्री भानुभक्त जस्तो ,नारायणी अस्पतालका मेसुको काम बैठकमात्र कि जनताप्रति जवाफदेहिता पनि जस्ता बिरोधको पम्प्लेट आफ्नो सामाजिक संजालमा सार्वजनिक गरिएको अभियानका मेराजुल हवारीले बताए ।

उनले वीरगन्जलाइ अहिले कोरोना महामारीबाट बचाउनका लागि सडकमा नगएर आफ्नो समाजिक संजाल मार्फत दबाब मुलुक अभियान थालिएको बताए ।