रौतहट । रौतहटको गरुडा नगरपालिकामा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मी, एक स्थानिय राजनितिक दलका नेता समेत ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक जनार्धन झाले बताए ।
गत २२ गते गरुडामै संकलन गरिएको ७९ जनाको स्वाब हेटौडाको ल्याबमा परीक्षण गर्दा एक महिला सहित ११ जनामा संक्रमण भेटिएको स्वास्थ्य संयोजक झाले बताए ।