रौतहट । रौतहटको कटहरिया नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम आज देखि सुरु भएको छ । गर्मी बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । शुक्रबार देखि कटहरिया नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म औषधी छर्ने काम सुरु भएको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले जानकारी दिनु भयो ।
नगर प्रमुख जयसवाललेको अध्यक्षतामा आज पहिलो दिन सो नगरपालिका अन्तर्गत वडा नम्बर ३ बिर्ती र बरेडवा बाट शुरु भएको नगर प्रमुख जयसवालले जानकारी दिनु भयो ।
कटहरिया नगरपालिका भित्रका गाउँहरुमा लामखुटे, झिँगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखिएको छ । उक्त जोखिमलाई उन्मुलन गर्न लेन्डा साईकलोथिन , र डेल्टा मेथिन नाम गरेको औषधी छर्किने कटहरिया नगरपालिकाका नगर प्रमुख जयसवालले बताए ।
लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन औषधी छर्न सुरु गरिएको नगर प्रमुख जयसवालले बताउनुभयो ।
उनले भने नगरभरी लामखुट्टेको प्रकोप बढन थालेपछी कार्यपालिका बोर्ड बैठक बसी निर्णय गरेबमोजिम नै औषधी छर्ने काम भइरहेको छ । धेरै दिन देखि लामखुट्टे मार्ने औषधी छर्ने सोच थियो । त्यो आज सफल भएको छ । लामखुट्टेको प्रकोप बाट नगरवासीहरुले राहत पाउने भएका छन् ।
गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट हुने विभिन्न रोग बाट बच्न औषधी छर्कने काम सुरु भएको छ । गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् ।