बोराभित्र भेटियो मानिसको एउटा खुट्टा

1149
घटनास्थल

काठमाडौं /// काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोराभित्र मानिसको एउटा खुट्टा भेटिएको छ। खबर पाउनासाथ मंगलबार बिहान चिकित्सकसहित घटनास्थल पुगेको महानगरीय प्रहरीको टोलीले मानिसको एउटा मात्र खुट्टा भएको बोरा अनुसन्धानका लागि लिएर गएको छ।

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार बौद्धस्थित दिव्य पार्टी प्यालेसनजिक खाली जग्गामा बोराभित्र मानिसको एउटा खुट्टाको भाग मात्र भेटिएको हो। 

‘बोरोभित्र केही पराल र जलेको अवस्थामा मानिसको एउटा मात्र खुट्टा भेटिएको छ,’ एसएसपी सिंहले भने, ‘अन्यत्र कतै हत्या गरेर यहाँ खुट्टा मात्रै फालिएको हुन सक्छ।’

उनका अनुसार दाहिने खुट्टाको भाग भएको र त्यो बच्चा नभएको देखिएको छ तर महिला हो कि पुरुष अहिले पहिचान हुन सकेको छैन।