सशस्त्र प्रहरी एसपी खनियाको अर्को कमाल:१७लाख बराबरको अबैध बाख्रा सशस्त्र प्रहरीको नियन्त्रणमा

940

श्रावण १० गते शनिबार नवलपरासी । पश्चिम नवलपरासी सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनिया जिल्लामा आएदेखी नेपाल र भारत सिमा तिर कडा निगरानी बढाएका हुन।एसपी खनियाको करीब ११ महिनाको बसाइमा र बिशेष सक्रियतामा ४ गुणा राजस्व वृद्धि समेत बनाउन सफल भएका छ्न।पश्चिम् नवलपरासी ११ महिनाको बसाइमा राम्रो छवि र सगठन बिभाग राम्रो भुमिका निभाएकै कारण एसपी खनिया लाई बिभागले उचित मुल्यांकन गरि अर्को ठाउँ सशस्त्र प्रहरी बल नेपाल न:३६हे.क्वा.डोटिका गणपती बन्ने समेत अवसर प्रदान गरेको पाइन्छ।त्यसै गरि एसपी खनिया कैइ बिशेष निर्देशनमा हिजो २१:१५ बजेको समयमा जिल्ला पश्चिम नवलपरासी सुस्ता गा.पा.- ५ रतनगंज स्थित भारतबाट अबैध रुपमा लुकाई छिपाई खसी नेपालमा ल्याउँदै गरेको भन्ने सूचना प्राप्त भएको। खोज्दै जाँदा रतनगन्ज स्थित छाप्रोमा हुल्दै गरेको फेला पारेको । सुचना प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासी र अस्थाई सुरक्षा बेश बलिनगर कमान्ड मा खटिएको टोलीले करिब मुल्य रु१७ लाख (सत्र लाख) बराबरको ८५ वटा खसी बरामद गरेको हो। आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाएको नेपाल सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी एव सूचना अधिकारी क्षितिज क्षेत्रीले जानकारी दिए।