रौतहट २६ असार । बुधवारदेखी निरनतर भइरहेको वर्षाका कारण रौतहटका दुई नदी बाग्मती र लालबकैयाको जलस्तरमा वृद्धि भइरहेको छ ।
नदीमा पानीका बहाव बढ्ने सम्भावना २९ गते सम्म रहने जल तथा मौसम बिज्ञान विभाग (बाढी पूर्वानुमान महाशाखा) ले अनुमान गरेको छ । जिल्लाको बाग्मती र लालबकैया नदीमा पानीको बहाबले सतर्कता तह पार गरी खतरा तह आसपास पुग्ने संम्भावना रहेको छ ।
पूर्वतयारीलाई प्राथमिकता दिनकालागी स्थिति सामान्य नहुन्जेलसम्म नदीतटीय क्षेत्रमा कुनै निमार्ण कार्य नगर्न, नदी किनारमा नजान, र आवश्यक सतर्कता कायम गर्नका लागी नदी किनारका बासिन्दा सर्तक रहन जरुरी रहेको छ ।
बाढीको पानीमा काठ दाउरा टिप्न नजान, पौडि नखेल्न तथा सर्तक रहन जिल्ला प्रशासन कार्यलय रौतहटले सबैलाई आग्रह गरेको छ ।