प्रभातकुमार झा
रौतहट, १८ चैत । लागु औषध मुद्दामा रौतहटको इशनाथ नगरपालिकाको मेयर र निजको भाईलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला अदालत मकवानपुरले मुलकी फौजदारी कार्य विधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम अनुसार रौतहटको इशनाथ नगरपालिकाको मेयर सन्तोष मेहता र निजका भाई एम्बुलेन्स संचालन समितिको अध्यक्ष मोहन मेहतालाई पक्राउ गरेर उपस्थित गराउन आदेश जारी गरेका थिए ।
जिल्ला आदेशको उक्त आदेशलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध अनुसन्धान तथा कारवाही शाखाले चैत १० गते जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान तथा कारवाही शालालाई पत्र पठाएपनि हाल सम्म दुवैजनालाई प्रहरीले पक्राउ गर्न सकेको छैनन् ।
मकवानपुर प्रहरीको पत्रमा जाहेरवाला प्रतिवादी नेपाल सरकार प्रतिवादी विनोद सहनी समेत भएको लागु औषध गाँजा मुद्दामा अनुसन्धानको शिलशिलामा २ नं प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाको पत्रमा उल्लेख भएको प्रतिवादीहरुलाई जिल्ला अदालत मकवानपुर हेटौडाबाट मेयर मेहता दाजुभाईलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको थियो ।
अदालतले घरमा फेला नपरेको खण्डमा उनीहरुको घरदैलोमा पुस्ते सुचना टाँस गरेर पक्राउ गर्न आदेश जारी गरेपछि जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाइएका थिए तर हाल सम्म उक्त आदेश कार्यान्वयन भएको छैनन् ।
इशनाथ नपाद्धारा संचालित बा. २ झ. १७४९ एम्बुलेन्सलाई गत माघ १० गते हेटौडा उपमहानगरपालिका १९ नेवारपानी नेपाल प्रहरीले रोकेर चेकजाँच गर्दा ३ वटा झोलामा ३० किलो ६०० ग्राम लागु औषध गाँजा, ९१ हजार नेपाली रुपैया, २२ सय भारतीय रुपैया, चालक इशनाथ ९ डुमरियाका महम्मद खालिद, सोही नपाका अशोक कुमार भारत विहार मोतिहारी बसतपुरका विनोद सहनीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया मकवानपुर प्रहरीले सुरु गरेका थिए ।
इशनाथ नपाको उक्त एम्बुलेन्स संचालन समितिका संयोजक मोहन मेहता र मेयर सन्तोष मेहतालाई दोषि देखिएको हुँदा दुवै जनालाई पक्राउ गर्न अदालतले आदेश गरेका थिए । यस विषयमा कोरोना भाइरसको कारण लकडाउन कार्यान्वयन गराउने तर्फ केन्द्रीत रहेको हुँदा चाँडै प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने प्रहरी श्रोतबाट बुझिएको छ ।