भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ नेपाल आईपुगे

266

रौतहट । छिमेकी राष्ट्र भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ आज नेपाल आएका छन् ।
नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि उनी काठमाडौं आइपुगेका हुन् ।
आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
शनिबार उनी चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । शनिबारदेखि सोमबारसम्म त्यहाँ हनुमान कथा वाचन गर्नेछन् ।