रौतहटमा पुतला जलाउन खोजेपछि

1315

रौतहट १९ आषाढ़ ।। डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्त्ताहरुले नागरिकता संशोधन विधयेकको विरुद्धमा रौतहटको सदरमुकाम गौरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाउन खोजेपछि प्रहरीले अवरुद्ध गरी पुतला दहन गर्नबाट बन्चित गरेका छन ।
विभेदपूर्ण मंसायले ल्याउन लागिएको बैबाहिक अंगीकृत नागरिता सम्वन्धी संशोधन विधयेक खÞारिज गर्नु पर्ने मांग गर्दै मधेशी क्रांति चौकमा जनमत पार्टीका कार्यकर्त्ताहरु प्रधानमंत्री ओली को पुतला जलाउन खोज्दा नेपाल प्रहरीको टोली आएर अवरोध पुर्याई योजना विफल बनाएका थिए । जनमत पार्टी आ कार्यकर्त्ता र प्रहरी विच केहि समय धक्का मुक्की भएपनि पुतला जलाउन भने सफल भएन ।
जिल्ला संयोजक अशोक सिंह राजपूत मधेश पुंजका ललित कुमार मल्लिक , लगायतका नेता कार्यकर्त्ता सहभागी भएका रैली सरकारको विरुद्ध चर्को नारावाजी गर्दै नगर परिक्रमा गर्दै कोण सभामा परिणत भएका थिए । सभामा सम्वोधन गर्दै जनमत पार्टीका नेता शानूले शांतिपूर्ण प्रदर्शन मा गरिएको प्रहरीको हस्तक्षेपको कड़ा आलोचना गरेका छन । स्वतन्त्रा लोकतन्त्र स्वाधीनता माथि नेकपा सरकार प्रहार गर्न लागेको र सदियों देखि को भारत र नेपाल विचको सम्वन्धलाइ तोड़न लागेको आरोप लगाए ।
७ बर्ष पछि बैबाहिक अंगीकृत नेपाली नागरिता प्रमाण पत्र प्रदान गरिने व्यवस्था सहित ल्याउन लागेको नागरिकता संशोधन विधयेक मधेशको लागि घातक रहेकोले तुरुन्तै फिर्ता लिन सरकारलाई आग्रह गरेका छन । कोण सभामा जनमत पार्टीका जिल्ला स्तरीय नेताहरुले आ आफ्नो धारणा राखेका थिए ।