अधिकृत गुप्ताले विद्यालय, स्वास्थ्य चौकीको अनुगमन गर्दै

1117

रौतहट १८ असार । रौतहटको पश्चिमी भेगमा पर्ने इशनाथ नगरपालिकामा पछिल्लो समय विकास निर्माणको कार्यले गति लिएको छ । दक्ष र अनूभवि निमित प्रमख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले कार्यभार सम्हाले संगै विकासको काम तीब्र रूपमा काम अगाडी बढेका छन ।

प्रमुख प्रशासकिय अधिकृत गुप्ताले नगर भरिका विद्यालय, स्वास्थ्य चौकीको अनुगमन गरेको छ । विद्यालयको भौतिक अवस्था सूधारको लागि पहल गरेपछि नगरको शिक्षा क्षेत्रमा गति लिएको छ ।
त्यसै गरी स्वास्थ्य क्षेत्रमा पनि सुधार होस् भन्ने उदेश्यका साथ नियमित स्वास्थ्य चौकी अनूगमन, औषधी अभावको पूर्ति, दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनमा कडाइ गरे संगै नगरको स्वास्थ्य क्षेत्र विकासले फड्को मारेको छ ।

सहयोगी मनका धनी अधिकृत गुप्ताले विभिन्न प्राकृतिक प्रकोप तथा चाडपर्वको बेला वखतमा गरिब अशाहाय र पिडितको आसू पुश्ने कार्यक्रममा बढावा दिएपछि स्थानीय वासीले प्रत्यक्ष रुपमा स्थानीय सरकारको अनूभूति गर्न थालेको स्थानीय विगु साहले बताए ।

नगरमा सिंंचाइ, विधुतिकरण सडक संजाल, खानेपानी, यातायात, कुषि लगायतको क्षेत्रमा नगरपालिकाले ठूलो लगानी गरी विकास कार्य द्रुत गतिमा अगाडि बढाएकोले इशनाथ नगरपालिका समृद्ध र एक विसित नगरपालिकाको रुपमा स्थापित हुने अधिकृत गुप्ताको भनाइ छ । आफूहरुले ठूलो सोचका साथ यस नगरपालिका उत्कृष्ट नगरपालिका बनाउने प्रण गरेका छौं । यसमा सबैको साथको अपेक्षा छ गुप्ताले थपे ।