बारामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन प्रभु साहको माग

1656

कलैया १८ असार । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले बारामा चट्याङ लागेर मृत्यु भएका ४ जना महिलाको परिवारलाई क्षतिपूर्ति स्वरुप राहत उपलब्ध गराउन माग गरेका छन् । विहिबार बाराको कलैया उपमहानगरपालिकाको सितलपुर र फेटा गाऊँपालिका त्रिवेणीमा आज करिब ७/८ बजे चट्याङ लागेर ४ जना महिलाको मृत्यु  भएको थियो । अध्यक्ष साहले कोरोना महामारी एवं लकडाउन संगै लगातार भिषण हावाहुरी र असिना पानीले जनता हैरान बनेको र चट्याङबाट थप पीडित हुनुपरेको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारसंग माग गरेका हुन् । साथै घाइतेलाई उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । चट्याङ लागेर फेटा गाउँपालिका १ त्रिवेणीका ३० बर्षिय ईन्दु देवी महतो र ४० बर्षिय सुनारपति देवी महतो तथा कलैया उपमहानगरपालिका सितलपुरको ३५ बर्षिय आसादेवी महतो र ४५ बर्षिय हलिमा खातुनको मृत्यु भएको थियो ।