खगेन्द्र हमाल
सुर्खेत,विश्वभरी महामारीको रुपमा फैलिएको कोरोन भाईरस (कोभिड १९) को कारणले यतिबेला मानवजाती नै संकटमा परिरहेको छ।विश्वभरिका बैज्ञानिकहरुलाई यो रोगको खोप पत्ता लगाउन हम्मे हम्मे परिरहेको बेलामा नेपाल जस्तो स्वास्थ्य संरचना एकदमै कम्जोर भएको देशमा यो महामारी नियन्त्रण गर्न सामाजिक दुरि कायम गरि विश्व स्वास्थ्य संगठनको नियमलाई पालना गर्नुको अर्को विकल्प अहिलेसम्म देखिएको छैन।
कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतको साविक वडा न.२ ले कोरोना महामारी तिब्ररुपमा फैलिएपछि बल्ला सतर्कता अपनाएको छ।शनिबार वडा कार्यलयमा बसेको बैठकले कोरोना नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु गर्न वडाका जनप्रतिनिधि,बुद्धिजीवी स्वास्थ्यकर्मीहरुको उपस्थितिमा जनस्तरमा जनचेतनामूलक कार्यक्रमहरु गर्ने भएको छ।
कर्णाली प्रदेशमा तिब्ररुपमा कोरोना संक्रमण बढिरहेको बेला वडामा आवतजावतमा विशेष कडाइ गर्नुपर्नेमा समयमा वडाकार्यलयले यो बारेमा जति सतर्कता अपनाउनु पर्ने थियोे त्यति सतर्कता नअपनाएको जनस्तरबाटै चर्को आलोचना र महामारी तिब्र रुपमा फैलिदै गएपछि वडा कार्यलयले यो निर्णय गरेको हो।
वडा नम्बर २ मा खुल्ला नाकाहरु भएको कारणले वडाबाट बाहिर जाने र बाहिरबाट वडा प्रवेश गर्नेको संख्या दैनिक रुपमा बढिरहेको छ।विशेष गरेर फलाटे नाकाबाट रानिघाट,तेलपानी,बर्दिया भुरिगाउ सम्मा जानलाई जङ्गलको बाटो प्रयोग गरिरहेका र त्यसतर्फ विशेष रुपमा ध्यानाकर्षण हुनुपर्नेमा वडा कार्यलय चुकेको वडा वासिहरुको भनाई रहेको छ।लकडाउनको झण्डै तीन महिना बितिसक्दा पनि वडा कार्यलयले समाजिक सतर्कता अपनाउने,सामाजिक दुरि कायम गर्ने,अपरिचित ब्यक्ति वडामा प्रवेश गरेमा तिनिहरुलाई निगरानीमा राख्ने,अति आवस्यक काम बाहेक बाहिर घुमफिर गर्न नदिने,माक्स अनिवार्य प्रयोग गर्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने,स्थानीय वासिहरुसंग सम्पर्कमा रहने जस्ता जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्नेमा वडा कार्यलय भने यस्ता कार्यहरु संचालक गर्न चुकिरहेको छ।
स्थानीय सरकार धेरै शक्तिशाली छ। कोरोना नियन्त्रण गर्ने स्थानीय सरकारको काम हो।स्थानीय सरकारसँग स्वास्थ्य संरचना छ।मानव जिवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वास्थ्य सेवा हो। केन्द्र र प्रदेशमा ठूला–ठूला अस्पताल छन्। स्थानीय सरकारले सम्पूर्ण काम गर्नुपर्ने हुन्छ।
नगरपालिका तथा गाँउपालिकामा स्वास्थ्यकर्मी लगायत सरकारका विभिन्न निकायहरु छन, उनीहरू योजना बनाउने,सूचना संलकन र अनुगमन गर्नमा चुकेका छन।कोरोनाको लागि महत्वपूर्ण काम स्थानीय तहले नै गर्न सक्छ। जहाँ काम गर्नुपर्ने त्यहाँको पाटो कमजोर छ।स्थानीय सरकारलाई हेर्दा वडा,टोलसम्म हरेक राजनीतिक पार्टीको संरचना तथा सामाजिक संस्था भएतापनी यी निकायलाई परिचालन गर्न भने सकिएको छैन।
स्थानीय सरकार अन्तर्गत रहेका वडा,टोलभित्रका सम्पूर्ण संरचनालाई परिचालन गर्नुपर्थ्यो जुन अहिलेसम्म गरिएको छैन।
वडामा भएका स्रोत साधन के के हुन हामिले थाहा पाएनौ।संकलन गर्न पनि सकेनौ।स्वास्थ्य मन्त्रालयका बिज्ञहरुलाई बोलाएर छलफल गरेनौ,प्राकृतिक विपदसंग लड्ने अनुभव र सक्षम भएका ब्यक्तिहरुको खोजी गरेनौ,हामिले आफ्नो वरिपरि भएका मानिसहरु राखेर छलफल गर्यौ जुन परिणाममुखि भएन जसको कारण महामारी फैलियो।समस्या आइसकेपछि जुन सावधानी अपनायौं,त्यो पनि पर्याप्त छैन। स्थानीय सरकार बेलैमा सक्रिय भएको भए आज प्रहरी र सैनिकलाई परिचालन गर्नुपर्ने थिएन।
यो चुनौतीलाई जसरी वडाले समाधान गरिरहेको छ,त्यो पर्याप्त छैन। देखिएका विकृतिलाई समाधान गर्दै चुनौती संग लड्ने अवसरलाई प्रयोग गरौं। केन्द्र,प्रदेश तथा स्थानीय तहमा संरचना सुधारतर्फ लागौं।