अपाङ्ग व्यक्तिमाथि सामूहिक कुटपिट

33
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (0.60769856, 0.49825898);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 41;

रौतहट, असार १२ – रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ७ स्थित बगही टोलमा अपाङ्ग व्यक्तिमाथि सामूहिक कुटपिट भएको गम्भीर घटना सार्वजनिक भएको छ।

शारीरिक रूपमा अपाङ्ग रहेका स्थानीय लाल बिहारी साह (उमेर करिब ५० वर्ष) माथि तीन जना व्यक्तिहरूले योजनाबद्ध रूपमा आक्रमण गरी गम्भीर शारीरिक क्षति पुर्‍याएको पीडित पक्षको भनाइ छ।

पीडितका अनुसार विपक्षीहरू — विल्टु मियाँ धोबी, अलि अकबर मियाँ धोबी, र इन्ताज आलम मियाँ धोबी — ले लाल बिहारी साहको नाममा रहेको जग्गा अवैध रूपमा अतिक्रमण गरी श्रमिक प्रयोग गरेर भवन निर्माण गर्न खोजिरहेका थिए। जब साहले त्यसको विरोध गरे, विपक्षीहरूले अपशब्द गाली गर्दै सामूहिक रूपमा लात, घुँसा, मुक्का र फलामको जी.आई. पाइपले आक्रमण गरेका थिए।

यस कुटपिटबाट पीडित साहको बायाँ खुट्टाको हड्डी भाँचिएको, बायाँ हातमा फ्र्याक्चर भएको र पहिल्यै अपाङ्ग रहेको दाहिने हातमा समेत गम्भीर चोटपटक लागेको छ। पीडित कुटपिटपछि अचेत अवस्थामा पुगेका थिए।

स्थानीयवासीको सहयोगमा उनलाई तत्काल गरुडास्थित बेटर नेपाल मल्टिस्पेशालिस्ट अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार साहको खुट्टामा स्टील राखिएको र हातमा प्लास्टर गरिएको छ।

पीडित परिवारले दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै हदैसम्मको कारबाहीको माग गरेका छन्। तर इलाका प्रहरी कार्यालयमा उजुरी दिए पनि अझैसम्म मुद्दा दर्ता नगरिएको र पक्राउ परेका व्यक्तिलाई तत्कालै छाडिएको आरोप पनि उनीहरूले लगाएका छन्।

साहकी श्रीमतीका अनुसार करिब एक महिना अघि पनि विपक्षीहरूले वडा अध्यक्षको अगाडि नै कुटपिट गरेका थिए, तर त्यसबेला पनि कुनै कानुनी कारबाही नभएको भन्दै निराशा व्यक्त गरेकी छन्। यसमा विपक्षीहरुको भनाइ समाबेश गरेको छैन ।