रौतहट १० असार । रौतहटको राजपुर नगरपालिका राजपुरले चौथो नगर सभा सम्पन्न गरेको छ । स्थानीय तह सञ्चालन समननगर प्रमुख मो.सकिल अखतरको सभापतित्व आयोजित कार्यक्रममा पुर्ण बहुमतले नगर सभा पारित भएको हो।
नगरपालिकाका नगर प्रमुख अखतरको सभापतित्वमा आयोजित कार्यक्रममा नगरसभाका सल्लाहकार र वडा नं.१ देखि ९ सम्मका वडाध्यक्ष उपनगर कार्यसमिति सदस्य, प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका कर्मचारी, नगरवासी लगायतले नगरसभाको सफलताको शुभकामना दिदै नगर विकासमा ध्यान केन्द्रित गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख आफ्नो विकासका एजेण्डा सहितका प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरपालिकाले आ.व.२०७७/०७८ को कुल व्यय करिव ४९ करोड ३ लाख ९५ हजार बराबरको बजेट तथा कार्यक्रमहरु पारित गरेको छ । “राजपुर नगरपालिकाको आधार पर्यटन, कृषिमा यान्त्रिकरण आर्थिक सम्मृद्धीको पूर्वाधार” भन्ने नारालाई आधार मानेर नगरपालिकाले बजेट पारित गरेको थियो ।नि .प्रमुख प्रसासकिय अधिकृतमा बैजु ठाकुरले कार्यभार सम्हाले देखि नगरमा बिकास र समृद्धिले फडको मारेको छ!रौतहटका १० स्थानिय तहको निति तथा कार्यक्रम प्रस्तुत
रौतहट १० असार । आर्थिक बर्ष २०७७÷७८ का लागि रौतहटका १० वटा स्थानिय तहले बार्षिक निती तथा कार्यक्रम अधिवेशनबाट पारित गरेको छ । चन्द्रपुर, मौलापुर, बृन्दावन, गौर,माधवनारायण, राजपुर ,गढिमाई ,परोहा तथा दुर्गा भगवती र यमुनामाई गाँउपालिकाले बुधबार बार्षिक निती तथा कार्यक्रम अधिवेशनबाट पारित गरेको हो । चन्द्रपुर नगरपलिकाले छैठौ नगर सभामा आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि १ अर्ब १५ करोड ८६ लाख ६ सय ४ रुपियाँको अनुमानित आय ब्याय प्रस्ताव गरेको छ । अगामी आर्थिक बर्षका लागि चालुतर्फ ६० करोड १५ लाख र पुजीगततर्फ ५५ करोड ७१ लाख गरि १ अर्ब १५ करोड ८७ लाख ब्याय हुने अनुमान पेश गरिएको छ । गढीमाई नगरपालिकाले भने ५० करोड ७० लाख ७७ हजारकोे अनुमानित बजेट प्रस्तुत गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिनुभयो । वित्तिय समानीकरण तथा सशर्त अनुदान गरी केन्द्रबाट प्राप्त हुने बार्षिक बजेट २९ करोड, आन्तिरिक आय, प्रदेश सरकारबाट प्राप्त हुने रकम गरी उक्त बजेट प्रस्तुत गरेको उहाँको भनाई छ । दुर्गा भगवति गाँउपालिकाले समाजिक सुरक्षा भता बाहेक अनुमानित ३२ करोड ५९ लाखको बजेट प्रस्तुत गरेको छ । आन्तरिक विवादको कारण राजदेवी, इशनाथ, बौधीमाई, देवाही गोनाही, कटहरिया, गरुडा, फतुवा विजयपुर नगरपालिकाको समयमा नै हुन नसकेको हो । कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाह कोरोना नियन्त्रणको तयारीमा लागेकाले बजेटको तयारी गर्न नपाएको बताउनुभयो ।१६ नगरपालिका र २ गाँउपालिका गरी १८ स्थानिय तह रहेको रौतहटमा बुधबार १० वटा स्थानिय तहले बार्षिक निती तथा कार्यक्रम ल्याएको जिल्ला समन्वय समितिका सभापति रामएकवाल रायले बताउनुभयो ।अन्य स्थानिय तहहरुले सम्पुर्ण तयारी गरि सकेकाले अगामी सातासम्म बाँकी रहेका सबै स्थानिय तहहरुले निति तथा कार्यक्रम प्रस्तुत गरि सक्ने उहाँले जानकारी दिनुभयो । विषेश गरी कृषि पोकेट क्षेत्र, सडक सुधार, आधारभुत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा लगायतका शिर्षकलाई नै स्थानिय तहले प्रथामिकता दिएका छन् ।