वीरगञ्ज – भारततर्फ तस्करी गर्नको लागि भण्डारण गरि राखिएको अवस्थामा ३५ क्विन्टल अवैध छोकडा प्रहरीले बरामद गरेको छ ।
प्रहरीले भारततर्फ तस्करी गर्नको लागि बारा विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर टोलमा भण्डारण गरि राखेको अवस्थामा उक्त परिमाणको अवैध छोकडा बरामद गरेको हो ।
अबैध छोकडा तस्करीको लागि भण्डारण गरि राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले छोकडा बरामद गरेको हो ।
बरामद गरिएको छोकडाको बजार मुल्य ५ लाख २५ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।
तस्करहरु भने प्रहरीलाई देख्ने बितिक्कै फरार भएकोले पक्राउ गर्न नसकिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
बरामद गरिएको छोकडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पर्सामा पठाइएको मिश्रले बताए।