रौतहटमा लालबकैया नदीले बांध कटान शुरू

4945

राैतहट ।। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वड़ा नम्बर ३ मटीअरवा जिउताही नजिक लालबकैया नदीले बांध कटान शुरू गरेको छ ! गएको वर्ष माँ आएको भीषण बाढीको कारन भत्किएको मरमत गरेको ४ महीना पछि लालबकैयामा आएको बाढीले पुनः कटान गर्न थाले पछि त्यस भेगका स्थानीयहरु बाढीको उच्च जोखिममा पर्न सकिने सम्भावना देखेर त्रसित हुन थालेको हो !

नदी नियंत्रण कार्यालयको निगरानीमा उपभोक्ता समिति मार्फत मरमत गरिएको उक्त बांध १ से ५० मीटर लामो भत्किएको छ ! बासको पाइलिंग गरेर माटो पूरी पुनर निर्माण गरिएको बांध वर्षाको मौसम आउनु भन्दा पहिला नै नदीले कटान गरेकोले अत्यधिक पानी परेको बेला बगेर जाने खतरा बढेको स्थानीय श्याम प्रसाद कुशवाहाले बताएको छ !

बांधको बलियो बनाउनु पर्ने जोड़ दिदै बोल्डर राख्न नसकेको कारण पानीको बेगले बांध कटान गरेको कुशवाहाको भनाइ रहेको छ ! कटान गर्दै गरेको बांध भत्किएमा दर्जनौ गाउ डुवानमा पर्न सकिने परोहा नगरपालिकाका नगर प्रमुख शेख वकीलले बताउनु भएको छ !

नदी नियंत्रण कार्यालयको डिभिजन इंजीनियर र केंद्रीय सरकारको लापरवाहीले गर्दा लालबकैया नदीको बांध कमजोर भएको आरोप लगाए ! समय समयमा बांधको मरमत सांभर गर्नु पर्नेमा सो नगरेको भन्दै मेयर वकीलले जलस्रोत तथा नदी नियंत्रण कार्यालयको निष्क्रियताले बर्सेनी मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको उल्लेख गरे !

बांध भत्किएमा परोहा नगरपालिकाको तेजापाकड़ , लौकहा ,डामर पोखरिया ,बौधिमाई नगरपालिकाको इनरबारी ,इनरवा ,मटीआरबा , राजपुर नगरपालिकाको राजपुर ,अकोल्बा ,बैरिया , लगायतका गाउ डुवानमा पर्न सकिने छन ! माघ फाल्गुन महीनामा नदीको स्पर निर्माण ,बांध मरमत सांभर गर्नु पर्नेमा नेपाल सरकारले बर्षातको मौसम नजिक आएपछि बांधको निर्माणमा ध्यान केंद्रीय गर्ने गरेको कारण बाढीको समस्या भोग्नु परेको मेयर वकीलले बताए !

समयमा बलियो बांध निर्माण गर्न संघीय सरकार र प्रदेश सरकारलाइ आग्रह गरेका छन ! नेपालमा मानसून प्रवेश गरेको र अत्यधिक पानी पर्ने संकेत जल तथा मौसम विभाग पूर्व अनुमान महाशाखाले चेतावनी दिएको अवस्थामा संवंधित निकायले लालबकैया तथा बागमती नदी को बांध मरमतमा ध्यान दिएर हुन सकने संभावित मानवीय तथा भौतिक पूर्वधार ,कृषिको क्षतिबाट जोगाउन सकिन्छ ! बर्षायाम आउने वित्तिकै रौतहटका दक्षिणी भेगका जनता बाढीको डरले त्रसित हुन थाल्दछ !