रौतहट २ असार । रौतहटमा एकै दिन (मंगलबार) १ सय ३७ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यो संगै कोरोना निको भएर घर फर्किनेको संख्या २ सय ४७ पुगेको छ ।राजपुर प्राथामिक उपचार केन्द्रको आइसोलेसनबाट २५ र राजपुर बैरिया मदरसा आइसोलेसनबाट ५१ जना गरी ७६ जना संक्रमित उपचारपछि निको भएर फर्किएका नगरपालिकाका स्वास्थ्य संयोजक रवीन्द्र झाले जानकारी दिनुभयो । यस्तै परोहा नगरपालिकाबाट पनि ६१ जना संक्रमित घर फर्किएका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले जानकारी दिनुभयो ।पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट निगेटिभ आएपछि दुई हप्ता होम क्वारेन्टीनमा बस्ने शर्तमा घर पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
फतुवा बिजयपुरबाट पनि १२ जना डिस्चार्ज
रन्जन खरेल ।रौतहटको फतुवा बिजयपुर नगरपालिका अन्तर्गत रहेको माध्यमिक विद्यालय दुधिअवा क्वारेनटीनबाट १२ जनाको रिपोर्ट नेगेटिभ आएपछि आज (मंगलबार) डिस्चार्ज गरिएको छ । क्वारेनटीनमा बिभिन्न मितिमा आएका बसेकाहरुको जेठ २५ गते स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू काठमाडौँ पठाइएको थियो । सोमबार उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि मंगलबार १२ जनालाई होम क्वारेन्टीनमा बस्ने शर्तमा पठाइएको नगरपालिका स्वास्थ्य सह संयोजक तथा क्वारेनटीन इन्चार्ज प्रभु पटेलले बताउनुभयो ।क्वारेनटीनमा बस्ने सबै जना भारतका बिभिन्न सहरबाट आएका हुन ।अव दुधिअवामा एक जना मात्र क्वारेनटीनमा बसेको र स्वब संकलनको काम समेत बाकी रहेको स्वास्थ्य सह संयोजक पटेलले जानकारी दिनुभयो । उता माध्यमिक विद्यालयमा बिजयपुर क्वारेनटीनमा रहेका संकास्पद बिरामी मध्य ७५ जनाको नेगेटिभ रिपोर्ट आएपछि सोमबार मात्र घर पठाइएको पटेलले बताउनुभयो ।