स्थानीय निकायको भ्रष्टाचार कोभिड-१९ भन्दा खतरनाक : नितिश कुमार

1192

रौतहट !

कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनप्रतिदिन वृद्धि भएपछि व्यवस्थापनमा सार्वजनिक भवनहरु र स्कुलहरुमा क्वारेन्टाइन बनाएर प्रयोग गर्दै आएको छ ।

विश्व स्वास्थ संगठ्नले बनाएको मापदण्डअनुसार प्राय: स्थानमा व्यवस्थापन सहि तरिकाले गरेको छैन । अव्यस्थित सेवासुविधा कारण समस्या उत्पदन भएको छ। कोरोना भाईरस नियन्त्रणमा ल्याउन समाजिक ३ मि. दुरि नअपनाई भुई र जाथाभावी तरिकाले व्यवस्थापन गरेको पाईन्छ ।

भारतबाट संख्या धेरै भएपछि खानेबस्ने व्यवस्था मिलाउन कठिन समेत भएको हो । जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन नगरि विभिन्न मिडिया कर्मीलाई सगै लगेर समस्या बुझ्न नआएको जन गुनासो छ ।

रौतहटमा दिनहु कोरोना संक्रमित पोजेटिभ चेकजाँच बाट पता लागि रहेकोे छ ।

रौतहटको केही नगरपालिकामा क्वारेन्टाइन नाममा लूट तन्त्र मचाउदै छ र क्वारेन्टाइनको नाम लाखौं लाखौं करोडौं स्थानीय निकायमा भ्रष्टाचार भएको देखिन्छ ।

विभिन्न मुलुक र जिल्ला बाट आएका व्यक्तिहरुलाई व्यवस्थापनमा कमि हुनु र लापरबाही तरिका राती सुताउनु सरुवा रोग भएको कारण यसलाई ठूलो समस्याको रूपमा लिएको छ । हालसम्म क्वारेन्टाइनमा बसेकामध्ये धेरैको नेगेटिभ आए पछी घर फर्किएका छन्।

उनीहरुलाई १४ दिन राखेर थप सात दिन होम क्वारेन्टाइनमा बस्ने सल्लाह दिएर घर पठाईन्छ । भारतबाट आएको सबै नेपाली नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ।

प्राय : स्थानीय तहमा आवश्यकता अनुसार र हाल पन्द्र हजार शय्या छन्। क्वारेन्टाइनमा बस्ने धेरै भएपछि खानेबस्ने राम्रो मिलाउन सकेको छैन ।

रौतहट जिल्लामा हालसम्म कुल ९१६ जना आइसोलेशनमा बसेको जिल्ला स्वास्थ कार्यालयले सार्वजनिक गरेको छ । ११४ जना जति आइसोलेशन बाट उपचार गराएर निको भएर घरमा समेत फर्केका छन ।

जिल्ला अस्पताल गौरले टोलि खाटाएर नर्सिङ होम मुडवालवामा उपचाररत गर्न आइसोलेशन व्यवस्था गरिएको छ। जिल्लामा हालसम्म आरडिटी गर्न क्रम जारी नै छ । जिल्ला बाहिर गएकाहरु भित्रिने क्रम बढेसँगै जिल्लामा क्वारेन्टाइनमा बस्नेको चाप बढेको हो ।

दिनरात चाप बढेसंँगै व्यवस्थापन निकै लापरबाही गरेको भएको देखिन्छ । स्थानीय निकायको जनप्रतिनिधिहरु कमाउ धन्दा प्राय : लागेको कुरा प्रष्ट बुझिन्छ । भ्रष्टाचार जस्ता जघन्य कार्यमा लिप्त छन । भ्रष्टाचार करोना भाईस भन्दा खतरापूर्ण रहेको छ ।

यस्ता क्रियाकलापले देश र समाजको अर्थतन्त्र कमजोर बनाउने काम गर्नेछन । कम्युनिष्ट सरकारले नेतुत्व गरेको मन्त्रीहरु पनि व्यापक भ्रष्टाचार व्यस्त रहेकोे देखिन्छ र भाईरस नियन्त्र स्थानीय निकायको चरम लापरबाहीका कारण व्यवस्थापन हुन सकेको छैन । क्वारेन्टाइनमा सहि व्यवस्थापन नहुनुका कारण सुदृढीकरण भएको छैन । स्थानीय निकायको भ्रष्टाचार कोभीड -१९ भन्दा खतरनाक भएको नेपाली कांग्रेस रौतहटको युवा नेता नितिश कुमार गुप्ताले रौतहट टाइम्सलाई बताएउनु भयो ।