रौतहटमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि

983

रौतहट ३२ जेठ ।। रौतहटमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा रौतहटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चन्द्रपुर नगरपालिकामा ५ र बृन्दावन नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । संक्रमित सबै पुरुष रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जानकारी दिएका छन ।