रौतहटबाट पहिलो पटक राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएका दुई खेलाडीलाई खेल सामग्री र नगद सहित सम्मान

459

रौतहट १२ पौष । रौतहटबाट पहिलो पटक राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी भएका दुई खेलाडीलाई खेल सामग्री र नगद सहित सम्मान गरिएको छ ।

प्रदेशको महिला क्रिकेट टिममा गौर २ कि मधु राउत र गौर ३ कि मोनिका साह ले स्थान बनाएकी हुन । ज्ञान ज्योति बोर्डिङ्ग स्कूलकी मधु र सत्य शिशु निकेतनकी मोनिकालाई आज एक कार्यक्रमका बिच गौर नगरपालिकाका मेयर अजय गुप्ता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले क्रिकेट किट प्रदान गरेका छन ।

पहिलो पटक रौतहटको किशोरीहरु क्रिकेट खेलमा प्रदेश हुदै राष्ट्रिय स्तरको प्रतियोगितामा पुगे पछि गौर नगरपालिकाका मेयर गुप्ताले उनीहरुलाई किट प्रदान गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप आज खेल सामग्री उपलब्ध गराएको मेयर गुप्ताले बताए ।

यसै गरी गौरमा रहेको इलेक्ट्रोनिक्स प्लाजाले दुवै खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको छ । खेलाडीको हौसला बढाउनका लागी नगद पुरस्कार उपलब्ध गराएको इलेक्ट्रोनिक्स प्लाजाका संचालक संतोष केशरीले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, नेपाल प्रहरीका उपरिक्षक विनोद घिमिरे तथा संचारिका समुहकी अध्यक्ष नितु पंडितको उपस्थीति रहेको थियो ।