रौतहट ३१ जेठ । रौतहटको राजपुर नगरपालिकामा क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परिक्षणको नतिजा नआएको भन्दै प्रर्दशन भएको छ ।
राजपुर वडा नं. १ बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टीनमा रहेका सय भन्दा बढी व्यक्तीहरुले आफूहरुको स्वाब संकलन गरेको दुई हप्ता भन्दा बढी समय सम्म पनि कुनै नतिजा नआएको भन्दै गौर चपुर सडकखण्डको बहुअर्वामा सडक अवरुद्ध बनाएका थिए क्वारेन्टीनबाट बाहिर निस्कीएर सडक अवरुद्ध बनाए पछि सुरक्षाकर्मी सँग उनीहरुको झडप समेत भएको थियो ।
बाटो अवरुद्ध बनाएर नारावाजी गर्दै प्रर्दशन गर्न थालेपछि गौर र गरुडाबाट थप प्रहरी टोली सो स्थानमा पठाइएको थियो । विवादले उग्ररुप लिए पछि प्रहरीले बल प्रयोग गर्दै १४ थान अश्रुग्यास र २ राउण्ड हवाई फायर गरेको थियो । क्वारेन्टीनमा बसेकाहरुले प्रहरी माथी ढुङ्गामुढा गर्दै क्वारेन्टीन छोडेर भाग्न खाजे पछि अश्रुग्यास र हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले बताए ।
प्रर्दशनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन । क्वारेन्टीनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टीनमै पु¥याएको छ । स्वाब संकलन गरेको दुई हप्ता बितिसक्दा पनि कोरोना पोजेटिभ वा निगेटिभ नतिजा नआएकोले क्वारेन्टीनमा बसेकाहरु आक्रोशित बनेका छन । रौतहटको राजपुर सबै भन्दा बढी संक्रमित पुष्टी भएको पालिका हो । यहाँ २१८ जनामा संक्रमण पुष्टी भइसकेको छ ।