अमित ठाकुर रौतहट जेष्ठ १२। रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप २६ जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको राजपुर नगरपालिकाको फरहदवा वडा नंबर २,६,८मा कोरोना पुष्टि भएको हो। भने ईशनाथ नगरपालिका वडा नंबर २ मा कोरोना पुष्टि भएको हो। संक्रमित सबै भारतबाट अाएको हो। रौतहटको पछिल्लो अवस्थामा ईशनाथ नगरपालिकामा १जना मात्रै संक्रमित फेला परेको थियो। भने अहिलेको अवस्थामा रौतहटका बासिन्दाहरु भारतमा गई कार्य गर्नेहरु अहिले दर्जनौंको संख्यामा बोर्डर एरियाबाट रौतहट छिर्ने गरेको ब्यक्तिहरुमै संक्रमित देखिएको जनस्वास्थ्य कार्यालयको प्रमुख महेश साहले जनाएको हो। अाज एकै दिन २६ जना नयाँ संक्रमित थप्दा रौतहटमा पनि उच्च सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयको प्रमुख साहले बताएको हो। नयाँ संक्रमित थपिएपछि रौतहटमा संक्रमितको संख्या ४७ पुगेको हो।संक्रमित सबै भारतबाट अाएकै क्रममा प्रहरीले पक्राउ गरि सम्बन्धित सबैको क्वारेन्टाइनमा राखेको जनस्वास्थ्य कार्यालयका प्रमुख साहले बताएको हो। संक्रमित सबैको स्वाब परिक्षणका लागि काठमाडौं टेकु अस्पतालमा पठाईएको थियो। मन्त्रालयको बिज्ञप्तीमा रौतहटमा नयाँ संक्रमित थप्दा रौतहटमा अहिले नया संक्रमित ४७ जना पुगेको हो।
रौतहटको राजपुर नगरपालिका र ईशनाथ नगरपालिकामा १८ बर्षीय,१९बर्षीय,२२बर्षीय,२७बर्षीय,३०बर्षीय,३१बर्षीय,३३बर्षीय,३५बर्षीय,३५बर्षीय,३५बर्षीय,३६बर्षीय,३६बर्षीय,३६बर्षीय,३८बर्षीय,४०बर्षीय,४०बर्षीय,४०बर्षीय,४२बर्षीय,४३बर्षीय,४८बर्षीय,४८बर्षीय,४८बर्षीय,४९बर्षीय,५०बर्षीय,५१बर्षीय,५३बर्षीय का पुरुष ब्यक्तिहरु थपिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएको हो। भने राजपुर नगरपालिकामा २४ जना र ईशनाथ नगरपालिकामा २ जना गरि २६ जना नयाँ संक्रमित थपिएको हो। राजपुर नगरपालिकामा निस्केको नयाँ संक्रमितलाई राजपुरकै अाईसोलेसनमा राख्ने त्यारी भईरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जनाएको हो। भने ६ सय भन्दा बढी ब्यक्तिलाई राजपुरको क्वारेन्टाइनमा राखिएको हो।