रौतहटमा थप ८ जनामा कोरोना पुष्टि,नेपालमा ३०४ पुग्यो।

1398

अमित ठाकुर।रौतहट।जेष्ठ ०५।बिश्वब्यापीमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९ अन्य देश जस्तै नेपालमा पनि संक्रमितको संख्या बढ्न थालेको हो। रौतहटको अल्गै दुई क्वारेन्टाइनबाट थप ८ जना पुरुषमा कोरोना पुष्टि भएको हो। रौतहटको ईशनाथ नगरपालिका र माधवनारायण नगरपालिकामा नयाँ संक्रमित थपिएको हो। संक्रमित सबै भारतबाट अाएको हो।गत हप्ता संक्रमित सबैको स्वाब संकलन गरि काठमाडौं पठाईएको थियो।टेकु प्रयोगशाला काठमाडौंबाट संक्रमित सबैको स्वाब रिपोर्ट पोजेटिभ अाएको हो। ईशनाथ नगरपालिका वडा नंबर २,३,६, र ९ निवासी २१ बर्षीय,२१ बर्षीय,२३ बर्षीय,२५ बर्षीय,२५ बर्षीय, २९ बर्षीय र ३० बर्षीय पुरुष हुन्। त्यस्तै माधवनारायण ३ निवासी २८ बर्षीय पुरुष हुन्। संक्रमित सबै अहिले क्वारेन्टाइन मै रहेको बुझिएको हो। त्यस्तै बारा जिल्लाको करैयामाई ५ निवासी ३८ बर्षीय पुरुषको पनि स्वाब रिपोर्ट पोजेटिभ अाएको टेकु प्रयोगशालाले जनाएको हो। अहिले नेपालमा नयाँ संक्रमित थप्दा ३०४ पुगेको हो। भने अहिले रौतहटमा २१ पुगेको हो।