रौतहट ।। गौर नगरपलिकाका नगरप्रमुख अजय कुमार गुप्ताले, अस्पताल विकासको लागी गौर नगरपालिका सधै अग्रसर रहने बताएका छन् ।
रौतहट जिल्लाको गौर सदरमुकाममा अवस्थीत जिल्ला गौर अस्पतालले आयोजना गरेको खुल्ला रक्त दान कार्यक्रमको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मेयर गुप्ताले, जनता संग गरेका बाचा अनुरुप हद सम्म जनताको चाहना अनुरुप गौर अस्पताललाई सुधारको लागि निरंतर सहयोग गर्दै सुधारको प्रयास जारी रहेको बताए ।
धेरै समस्याहरुलाई चिरदै, अगाडी बढनु पर्ने भए तापनि, हामीले गौर अस्पताललाई निरंतर सरसभाई मेसनरी लगायतको सहयोग गर्दै आएकोले, सहयोग अनुरुपको आम नागरिकलाई सेवा दिनै पर्ने कर्मचारीहरुलाई ईगित गर्दै, हामी सहयोग दिन छौ भन्ने, काम पनि खोज्छौ भन्दै मेयर गुप्ताले, अस्पताल सुधारको लागि सवैले एक जुट भई सहयोग गर्नु पर्ने आवश्यक्ता भएको औल्याय ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शेष जम्सैदल लगायत पदाधिकारीहरुले तारुकताका साथ काम गरि रहेको सवैले सहयोग गर्न मेयर गुप्ताले आग्रह गरे ।
कार्यक्रममा समावादी पार्टीका नेता रेवन्त झाले, विगतमा अस्पतालबाट विभिन्न मेसिन सहित १० लाख बरावरको २ ओटा माईक्रोस्कोप चोरी भएको धेरै दिन भए पनि हालसम्म त्यस्को कुनै कार्यवाही अगाडी नढनु दुखद भएको भन्दै, यस्ता गौर अस्पतालका डा. र प्रशासकले माथी शंका किन ? नहोला, भन्ने ।
त्यस्तै कार्यक्रममै प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरीमा कुनै पनि घटनालाई उसको तह सम्म पुग्ने क्षम्ता भएकोले, माईक्रोस्कोप चोरी भएका समानहरुको खोजी कार्य छिटै गर्ने प्रतिवद्धता जनाउदै, त्यस प्रकरणमा दोसी पक्राउ गर्दा, त्यस वेल पार्टीको कुरा नगर्न आग्रह गेर ।
गौर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शेष जम्सैदको अध्यक्षतामा गौर अस्पतालको हलमा भएको खुल्ला रक्तदान कार्यक्रममा मेयर अजय गुप्ता सहित १७ जनाले रक्तदान गरेको थिए ।