मुख्यमन्त्री शाहीकाे राजीनामा माग गर्दै कालिकोटमा अान्दोलन ।

1112

खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत । कर्णाली पलाता गाउपालिकाका अध्यक्ष लक्ष्मणवहादुर वमलाई राजनीतिक संरक्षण दिएको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको राजीनामा माग गर्दै प्रदर्शन गरिएकाे छ। कालिकोट जिल्ला पलाता गाउँपालिकामा भेला भएका ५०० वढी वडावासीले भ्रष्टाचारमा संलग्न अध्यक्ष वमलाई वचाउन मुख्यमन्त्री स्वयं लागेकाे भन्दै नारावाजी गरेका थिए। पार्टीलाई धरासायी वनाउन र भ्रष्टाचारको विराेध गर्ने अाफ्नै पार्टीका कार्यकर्ता सिध्याउन मुख्यमन्त्री लागिरहेकाे उनीहरूकाे अाराेप छ।पार्टी संगठनलाई नटेरेकाे र भ्रष्टाचारमा संलग्न भएको भन्दै कालिकोट जिल्ला कमिटी सदस्य समेत रहेका वमकाे केही महिना अघि जिल्ला कमिटी सदस्यता निलम्बन गरिएको थियाे। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वाट निर्वाचित वमलाई पटकपटक पार्टीको घाेषणापत्र वमाेजिम काम गर्न सचेत गराउदा पनि काम नगरेकाे, विकास वजेटमा एकलौटी गरेकाे र विगत १० महिना देखि कसैलाई सामाजिक सुरक्षा भत्ता नदिएर भ्रष्टाचार गरेको अाराेप लगाईएकाे छ। अनियमितताकाे धेरै उजुरी अाएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटले यसवारेमा छानबिन गर्न ३ सदस्यीय कमिटी गठन गरेकाे थियाे। कमिटीका सदस्यहरुमा कृष्ण अाचार्य र टेकबहादुर वुढा रहेका थिए। छानबिन समितिका सदस्य टेकबहादुर वुढाले स्थलगत भ्रमण, स्थानीयवासी र गाउपालिका भित्रका नागरिक समाज र विभिन्न राजनीतिक दलहरुकाे भनाइकाे अाधारमा प्रतिवेदन तैयार गरी गरेकाे र यसलाई नेकपा कालिकोटका ईन्चार्ज मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राेकेकाे वताए ।उहाले प्रतिवेदन अपुराे भयाे भन्नू भएको छ उनले भने।उनले पलाताकाे वडा नं १ काे खाडामा भएको अागलागीमा ३२ घरहरु जलेको र जलेका घर वनाउन प्रदेश सरकारवाट १ कराेड ६० लाख र एविसी टेलिभिजनवाट प्रशारण हुने ईन्द्रेणी कार्यक्रमवाट २४ प्राप्त भएको वताए । ‘साे रकममा समेत अनियमितता भएको प्रष्ट भएको छ वुढाले भने।अध्यक्ष वमले हालै कालिकोट सदरमुकाममा १ कराेड ३२ लाखमा घर खरिद गरेकाे र गाउपालिकामा ४ तल्ले घर वनाएकाे वारेमा समेत मुद्दा परेकाे र साे वारेमा समेत अाफुहरुले छानबिन गरेकाे जानकारी दिए। उनले अाफुहरुले १७ वटा वुदामा छानबिन गरेकाे र छानबिनमा अध्यक्ष वम दाेषी देखिएकाे वताए।नेकपामा पलाता गाउ पालिकावाट प्रतिनिधित्व गर्ने ११ जना जिल्ला कमिटी सदस्यमध्ये १० जनाले वमकाे राजीनामा मागेका छन। नेकपा पलाताका लंकवहादुर वम ( जाे अध्यक्ष वमका अाफ्नै दाइ हुन ) वाहेक सवै वडा कमिटी अध्यक्षहरु वमकाे विरुद्धमा रहेका छन।पलाता गाउँ पालिका वडा नं १ का अध्यक्ष शक्ति भण्डारीले अध्यक्ष वमले गाउँ पालिकाकाे कार्यालय पायक पर्ने ठाउमा नराखी अाफ्नै घरमा राखेकाे र यसवापत ठूलो रकम भाडा स्वरूप वुझ्ने गरेको अाराेप लगाए । अस्पताल, ईलाका प्रहरी कार्यालय र अन्य भाैतिक संरचनाहरु अाफ्नै घर नजिकै वनाएकाे समेत उनले वताए। अाफ्नै श्रीमती र सालाकाे नाममा रहेकाे एक्साभेटरवाट घण्टाकाे १२ हजार सम्म पर्नेगरि चलाईएको उनले अाराेप लगाए। गाउँ पालिकाकाे विकास वजेटमा अनियमितता गरि सुर्खेतमा जग्गा प्लटिङ् गरेकाे र यसमा मुख्यमन्त्री समेत समावेश भएको उनले दावी गरेका छन् । ‘मुख्यमन्त्री वम भिनाजु र साला नाता पर्ने भएकोले उनीहरु दुवै र परिवार समेतको सम्पत्ति छानबिन गरिनु पर्छ,’ भण्डारीले भने। ‘ गाउँमा भएको सामान्य धकलपकलकाे घटनामा पनि अध्यक्ष वमलाई हेलिकप्टर प्रयाेग गरेर उद्दार गरिएको नाटक गरिएको छ, उनीहरुलाइ चाेटपटक केही छैन, उनले वताए । त्यस दिन मुख्यमन्त्रीलाई जुम्ला लिएर गएकाे हेलिकाेप्टरले नै अध्यक्ष वम र उनकाे श्रीमतीलाई कालिकोटवाट सुर्खेत लिई अाएकाे र भाेलिपल्ट मुख्यमन्त्री लिन पुन हेलिकप्टर जुम्ला पुगेकाे वताए । ‘राज्यश्राेतकाे चरम दुरुपयोग भएको छ। गरिव कर्णाली प्रदेशलाई हेलिकप्टर चढेर सक्ने भए उनले भने।