जनमत पार्टीले सातौं शाहदत दिवस मनाए

234

रौतहट । जनमत पार्टी नजिकका नेता तथा कार्यकर्ताहरुले शहिद राम मनोहर यादवको शनिवार रौतहट जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी सातौं शाहदत दिवस मनाएको छ ।

२०७५ साल भदा्र १५ गते शाहदत प्राप्त गर्नु भएको शहिद यादवको पुण्य तिथिमा जनमत पार्टीको जिल्ला कार्यालयमा एक कार्यक्रमको आयोजना गरी शाहदत दिवस मनाइयो । सो कार्यक्रममा जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमसैद, केन्दिय सदस्य विकास कुमार यादव तथा गौर नगर अध्यक्ष प्रमोद ठाकुर लगायत पार्टीका अन्य नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।

यसै गरी राजदेवी नगरपालिकामा पनि नगर अध्यक्ष शिवशरण यादवको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी शनिबार शाहदत दिवस मनाइयो । सो कार्यक्रमा पार्टीका केन्द्रिय सदस्य विकास यादव लगायत नगरपालिकाका नेता तथा कार्यक्रर्ताहरुको उपस्थिति रहेको थियो ।

गरुडा नगरपालिकामा नगरपार्टी कार्यालयमा नगर अध्यक्ष नथुनी मुखियाको अध्यक्षतमा श्रदाञ्जली सभाको आयोजना गरी शाहदत दिवस मनाइयो । शाहदत दिवसको दिन पारेर वंशी राम जयसवाल अनाथलयमा खानेपानी पिलटरको जडान गरेएको हो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामलाल यादव , अनिता साह सहित विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

त्यसै गरी वृन्दावन नगरपालिका लगायत रौतहट जिल्लाको १८ वटै स्थानिय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी शाहदत दिवस मनाइएको जानकारी पार्टीका केन्द्रिय सदस्य तथा वनपैदावार आपुर्ति समिति रौतहटका सदस्य विकास यादवले जानकारी गराए ।