रामपुर खापमा केहि बर्ष अगाडि अधुरो निर्माण

2286

रौतहट ।। रौतहट परोहा नगर पालिका वडा नं-०९(टोल रामपुर खाप)मा केहि बर्ष अगाडि अधुरो निर्माण गरिएको नाला को पानी बिच बाटो मा फेरि थांकिएको हुदा बिदेशी पहुनाहरु र आस्थनिये बासिन्दाहरुलाई आवतजवात गर्न धेरै कठिनाई को सामना गर्दै एक छेउ बाट अर्को छेउ मा जान धेरै आफ्ठयारो भोगिरहेका छन।नगर पालिका को कार्यालय लौकहा को मेयर श्री शेख वकील(प्रदेश नं ०२ को मेयर संघ को अध्यक्ष समेत रहेको) सम्पूर्ण ग्रमीण बसिन्दाहरु को साथमा ४/५ ओटा समझौताहरु भए तर त्यों समझौता कागजमा मात्र सिमित रहयो त्यसको केहि अंश लागु भएन,पानी को निकास नहुनाले कालो पिच टूटने र बाटोमा खल्दो-खुल्दो रहेको तसर्थ स्वस्थयमा प्रतिकूल असरहरु देखा परेका छन,तर पनि संबंधित निकाय को कुनै चासो नभएको देखिएको छ।