महामारीकाे बेलामा जनताकाे साथमा समाजसेवी यादव

1833

अमित ठाकुर रौतहट ३० बैशाख। बिश्वब्यापी फैलिएका नोबेल कोरोना भाईरसमा अाज ५० अौं दिनको लकडाउनमा नेपाल कोरोना संक्रमितको संख्या २०८ पुगेका छन्। संक्रमितको संख्या बढ्दै जाँदा यसबाट बाच्न स्वरुप फेस सिल्ड र ग्लवस गौरी संकर यादव फाउन्डेसन द्वरा समाजसेवी मोहन यादवले गौरका सबै पस्लेहरुलाई बितरण गरेको हो। सदरमुकाम रहेका पसलहरुलाई बिना कुनै सेफ्टी कै पसल संचालनमा ल्याएको हेर्दा समाजसेवी यादवले अाफै गौरको पसलहरुमा पुगी पसल संचालकलाई फेस सिल्ड र ग्लवस हस्तान्तरण गरेको हो।

समाजसेवी यादव अाफै नेपाल भारत सिमा पर्ने गौर भन्सार नजिकबाट संचालन भएको पसलहरुमा फेस सिल्ड र ग्लवस बितरण गर्दै बरहवा पुल हुँदै बि.पी चौकमा रहेको पसलहरुमा पुगेको थियो।महामारीको बेला नगरका जन्ताहरुलाई कसरी सुरक्षित राख्ने भने जनप्रतिनिधिले नगरेको खण्डमा समाजसेवी यादवले अाफै नगरका जन्ताको पीडा अाफ्नै पीडा बुझि सदरमुकाममा रहेको पसलहरुमा फेस सिल्ड र गलवस बितरण गरेको हो। जन्ताकै भोटले जितेका केही जनप्रतिनिधिले अाफ्नो जन्तालाई सुरक्षित कसरी राख्नेमा जोड नदिदा समाजसेवी यादवले अाफै सडकमा उत्रिएका छन्।

यस्तो दु:खद घडीमा जन्ताहरु दु:ख साथ नदिए कहिले दिन समाजसेवी यादवले भनेको हो। यस भन्दा पहिला समाजसेवी यादवले गौर नगरपालिकालाई ३३% क्लोरिन सहित ४५० किलो सेनिटाईजर र ५० किलो जनपथ प्रहरी र ५० किलो शस्त्र प्रहरीलाई हस्तान्तरण गर्नु भएको थियो। स्थानीय सरकार संग बजेट हुँदा पनि ५० अौं दिनको लामो लकडाउनमा अहिले सम्म १० किलो चामल,दाल,नुन, खाने तेल बितरण गरेको हो। १ हप्ता पनि नचल्ने रासन बितरण गर्दा अाज लकडाउनको ५० अौं दिन पुगिसकेको र गरिव जन्ता बाकी दिन के खाएर गुजारा चलाईरहेको सम्बन्धमा हेर्न पनि नगएको समासेवी यादवले भनेको हो।