राहत तथा उद्दार कोषमा २५ हजार आर्थिक सहयोग

1426

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको राहत तथा उद्दार कोषमा मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय कटहरियाले आर्थिक सहयोग गरेको छ । उक्त फाइनान्सले शुक्रबार रौतहटको कटहरिया  नगरपालिकालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण देश लकडाउनले ठप्प भएको अवस्थामा कटहरिया नगरपालिकाको राहत कोषमा आर्थिक सहायता प्रदान गरिएको जितपुर अनुगमन प्रमुख राम किशोर प्रसाद कुश्वाहाले जानकारी दिए ।
नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पूर्ण रुपमा पालना गर्दै संस्थाले बन्दाबन्दीको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ ।
फाइनान्सका जितपुर अनुगमन प्रमुख राम किशोर प्रसाद कुश्वाहा लगायत कटहरिया शाखाका कर्मचारी सहितले कटहरिया नगरका प्रमुख सियाराम कुश्वाहालाई  उक्त चेक हस्तान्तरण गरिएको कटहरिया शाखाले जनाएको छ । यहि सन्दर्भमा फाइनान्सले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरिरहेको छ । 
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।