रौतहट । जनताहरुको आधारभुत आवश्यक्तालाई पुरा गराउने प्रतिबद्धता जनाएकी मौलापुर नगरपालिकाको नगरप्रमुख रिनाकुमारी साहले सराहनिय काम गरेकी छिन् । चुनावको समयमा नगरवासी संग “फ्री बिजुली, फ्री पानी” गरिएका प्रतिबद्धतालाई पुरा गराउने अभियानमा नगरप्रमुख साहले आज नेपाल विद्युत प्राधिकरण मौलापुर शाखालाई तेश्रो किस्ता वापतको रकम बुझाएकी हुन् ।
मौलापुरको नगरवासीहरुले प्रयोग गरेका बिद्युत महसुलको तेश्रो किस्ता वापत ४५ लाख २६ हजार रकम सोमवार नगरपालिका प्रमुख साहले बिद्युत प्राधिकरणको मौलापुर शाखालाई बुझाएको सो कार्यालयले जनाएको छ ।
नगरप्रमुख साहले बिद्युत प्राधिकरण वितरण केन्द्रका शाखा प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए । मौलापुर नगरपालिकामा “फ्री बिजुली, फ्री पानी” कार्यक्रम संचालन हुदै आएको छ ।
झण्डै विगत ५ बर्ष देखी जनताहरुको घरायसी मीटर र कृषि मीटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको उनले भने । चालु आर्थिक वर्षमा मात्रै ३ करोड़ ४३ लाख ५० हजार रकÞम बुझाई सकेको स्पष्ट पारे । नगरपालिकाबाट “फ्री बिजुली, फ्री पानी” कार्यक्रमबाट नगरवासीहरु लाभान्वित हुँदै आएको छ । नगरप्रमुखको अनुकर्णीय कार्यबाट मौलापुर नगरवासीहरु निकै खुशी व्यक्त गरिएको बताइएको छ ।